महेन्द्रनगर । महाकाली सेती यातायात व्यवसायी समितिको अध्यक्षमा डम्बराज पन्त निर्वाचित भएका छन् । समितिको १७ र्औ कार्य समिति निर्वाचनमा अध्यक्षका प्रतिद्वन्द्वी नविन भट्टलाई ११ मतले पराजित गरी अध्यक्षमा निर्वाचित भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक अन्तिम मत परिणाम अनुसार अध्यक्ष निर्वाचित पन्तले १ सय ७० र प्रतिद्वन्द्वी भट्टले १ सय ५९ मत ल्याएका छन् ।
पन्त यस अघि २०७४ मा अध्यक्ष निर्वाचित भएका हुन् । सात वर्षपछि फेरि समिति निर्वाचनमा उनी अध्यक्ष दोहोरिएका हुन् ।
समितिको उपकार कोष उपाध्यक्षमा धिरेन्द्र बहादुर चन्द निर्वाचित भएका छन् । चन्दले १८४ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी रमेश थापाले १ सय ४२ मत ल्याएका छन् । उपकार कोष उपाध्यक्षमा चन्द पनि दोहोरिएका हुन् ।
समितिको महासचिवमा गणेश बहादुर विष्ट निर्वाचित भएका छन् । समितिका निवर्तमान सचिव देबराज जोशीलाई २४ मत अन्तरले पराजित गरी विष्ट महासचिव भएका छन् । विष्टले १ सय ७४ र जोशीले १ सय ५० मत ल्याएका छन् ।
महासचिव विष्ट समितिका पूर्व महासचिव हुन् । जोशी समितिका निवर्तमान सचिव हुन् । कोषाध्यक्षमा बलराम पन्त फराकिलो मत अन्तरले निर्वाचित भएका छन् । पन्तले २ सय ३० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी मधुसुदन जोशीले ८१ मत ल्याएका छन् ।
समिति सदस्यमा अम्बादत्त अवस्थी (२२५), दिपक केसी(२२२), देबेन्द्र बहादुर भण्डारी(२३३), मोहनदेब जोशी(२२०) र सुरेन्द्र सिह भण्डारी २१३) मत ल्याएर निर्वाचित भएका छन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र प्रसाद अवस्थी, प्रशासन उपाध्यक्षमा देब बहादुर बम, प्रशासन सचिवमा हिक्मत बहादुर कुँबर र उपकार सचिवमा पुस्करराज जोशी निर्विरोध निर्वाचित भएका छन् ।
