जिल्ला अदालत कञ्चनपुरमा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुर जिल्ला अदालतमा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्यौट गरिएका छन् । जिल्ला अदालतले चालु आर्थिक वर्षमा एक हजार पाँच सय मुद्दा फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा एक हजार ६ सय ४५ मुद्दा फछ्र्यौट गरिएको छ ।
यो लक्ष्यको १ सय ९ दशलमव ६६ प्रतिशत हो ।

चालु आर्थिक वर्षको असार ३० गतेसम्म जिल्ला अदालतमा दुई हजार तीन सय ५० मुद्दा पुगेका छन् । अदालतमा ७ सय ५ मुद्दा फछ्र्र्यौट हुन बाँकी छन् ।

अदालतका अनुसार फछ्र्यौैट हुन बाँकी मुद्दामा १८ महिनाभित्रका ६ सय ८६ र १८ महिना नाघेका १९ मुद्दा छन् । त्यस बाहेक दुई वर्ष नाघेका मुद्दा शुन्य हुन पुगेका छन् ।

अदालतले मंगलबार सार्वजनिक पत्रकार सम्मेलन गरी सार्वजनिक आर्थिक वर्ष २०८१÷०८२ को लक्ष्य प्रगति विवरणमा गत वर्ष एक हजार २९ मुद्दा जिम्मेवारी सरी आएका थिए । त्यस बाहेक अदालतमा एक हजार तीन सय २१ नयाँ मुद्दा दर्ता भएका हुन् ।

जिल्ला अदालतमा चार वर्षदेखि दुई न्यायाधिश छन् । मुद्दाको चाप बढेपछि न्यायाधिश दरबन्दी थपिएको हो । अदालतको वार्षिक कार्य योजनामा न्यायाधिशलाई मुद्दा फछ्र्यौटको लक्ष्य तोकिने गरिएको छ ।

पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार बर्सेनी मुद्दा बढेका छन् । आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार ६ सय ८ मुद्दा दर्ता भएकोमा एक वर्षपछि २०७९÷०८० मा बढेर दुई हजार १५ पुगेको थियो । आर्थिक वर्ष २०८०÷०८१ मा दुई हजार दुई सय २९ मुद्दा भएकोमा यस वर्ष यो संख्या बढेर दुई हजार तीन सय ५० पुगेको हो ।

अघिल्ला तीन आर्थिक वर्षसम्म दुई वर्ष म्याद नाघेका मुद्दा थिए । ती मुद्दाको संख्या ८७ थियो । चार वर्षेको तथ्याङ्क अनुसार जिम्मेवारी सरी आउने र नयाँ थपिने दुबै मुद्दा बढेका छन् ।

आर्थिक वर्ष २०७८÷०७९ मा ६ सय ५३ मद्दा जिम्मेवारी सरी आएकोमा त्यसको एक वर्षपछि ९ सय ९८ पुगेको थियो । त्यसपछि २०७९÷०८० मा ९ सय ६५ पुगेर चालु आर्थिक वर्षमा एक हजार २९ पुगेको हो ।

नयाँ मुद्दाको दर्ता संख्या पनि चार वर्षमा बर्सेनी बढेको छ । २०७८÷०७९ मा ९ सय ५५ नयाँ मुद्दा दर्ता भएकोमा २०७९÷०८० मा यो संख्या एक हजार एक सय १७ पुगेको थियो । यस वर्ष नयाँ मुद्दा दर्ता एक हजार ३ सय २१ पुगेको छ । गत वर्ष यो संख्या एक हजार २ सय ६४ थियो ।

अदालतको फैसला प्रगति विवरण अनुसार न्यायाधिश आत्मदेब जोशीले असार ३० गतेसम्म २सय ३७ मुद्दा फैसला गरेका छन् । न्यायाधिश जोशीलाई ७ सय ५२ मुद्दा फैसलाको लक्ष्य दिइएको छ ।

न्यायाधिश जोशीले बैशाख, जेठ र असारमा यी मुद्दा फैसला गरेका हुन् । अर्का न्यायाधिश राजेन्द्र सिह भण्डारीले ७ सय ४८ मुद्दा फैसला गर्ने लक्ष्य पाएकोमा ९ सय १ फैसला गरेका छन् । न्यायाधिश भण्डारी असारमा सबैभन्दा बढी १ सय ३७ मुद्दा फैसला गरेका छन् ।

यसैगरी अदालतबाट सरुवा भएका न्यायाधिश लिलाराज गिरी ४सय ८० र चाणकमणी अर्यालले २७ मुद्दा फैसला गरेको तथ्याङ्कमा समावेश गरिएको छ ।

कार्यक्रममा न्यायाधिशद्वय जोशी, भण्डारी सहित अदालतका श्रेष्तेदार ताराप्रसाद जोशी, सूचना अधिकारी राजेन्द्र बहादुर चन्द लगायतका कार्यक्रममा सहभागी भए ।

ताजा समाचार

सम्बन्धित समाचार