कञ्चनपुरमा अवैध काठ सहित नेपाली पक्राउ,के वास्तविक काठ तस्कर नेपाली नै हुन त ?

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीमा अवैध काठ सहित रोहित नेपाली पक्राउ परेका छन् ।

जिल्लाको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ७ कञ्चभोजका १९ वर्षीय रोहित नेपालीलाई प्रहरी अबैध काठसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी प्रवक्ता सागर बोहराले बताएका छन् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई प्राप्त गोप्पे सूचनाको आधारमा लोड गरिएको ट्रेक्टर सहित नेपालीलाई पक्राउ गरिएको बोहराको भनाई रहेको छ ।


प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका–७ स्थित कञ्चनभोजबाट कर्णाली प्रदेश–०२–००१ त ००४९ नम्बरको ट्रेक्टरमा अवैध रूपमा ढुवानी गरिँदै गरेको अवस्थामा सागवान जातका ९ वटा काठका गोलिया बरामद गरेको प्रहरीको जानकारी छ ।

पक्राउ गरिएको ट्रेक्टरमा लोड गरिएको सागवान काठको परिमाण करिब ४० देखि ४५ क्युफिट रहेको अनुमान गरिएको छ। अवैध रूपमा काटिएको काठ, ट्रेक्टर र अवैध काठ तस्करीका संलग्न रोहित नेपालीलाई थप अनुसन्धानका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मझगाउँको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार भारतको सीमावर्ती क्षेत्र नगला जंगलबाट काठ चोरी हुने घटना पटक–पटक भइरहेका छन्।तर अवैध काठ बरामद सम्बन्धमा दोधारा चादँनीका एक जना स्थानीयको भनाई अनुसार काठ तस्करीमा संलग्न एक जना एमालेका नेताको संलग्नता देखिएको र ति नेतालाई जोगाउन ईलाका प्रहरी कार्यालय दोधाराले गलत सूचान दिएको आरोप लगाएका छन् ।

स्थानीयको भनाई अनुसार एमालेका ति नेताले आफुलाई बचाउन रोहित नेपाली भन्ने व्याक्तिलाई बलिको बोका बनाएको उनको आरोप छ ।घटनाको विषमा थप वास्तविक बुझ्न खोज्दा शुक्लाफाटा राष्ट्रिय निकुञ्नजका प्रमुखले घटना बारे आफुलाई केहि जानकारी नभएको बताए।र सूचना अधिकारी संग थप बुझ्न सुझाय ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम बाग्लेलाई बारम्बार फोन गर्दा समेत बाग्लेले फोनको प्रतिउत्तर फर्काएनन्।एस अघि बैशाख २२ गते दोधारा चाँदनी नगरपालिका १ का निवर्तमा वडा सदस्य तथा भवानी महिला मध्यवर्ती सामुदायीक बनका सचिव गोविन्द शिहं धानुक अवैध काठ चोरी गरेको आरोपमा पक्राउ परेका थिए ।

पक्राउ परेका धानुककलाई राजनितिक पावरको दम्ब देखाउदै त्यो समयका कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका शुक्लाफाटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज कुमार साहलाई जनाकारी नगराई सहायक पुरुषोत्तम बाग्लेको मिलोमतोमा धानुकलाई छाडेको आरोप लागेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार