ऐश्वर्या कुवँर महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुले भारतीय नम्बर प्यलेटका ट्याक्सी मार्फत यात्रु ओसारपसार गर्न नपाईने निर्णय गरेको छ।
चालु आर्थीक वर्ष सुरु भए संगै प्रशासन कार्यालय कञ्चनपुरले भारतमा दर्ता भएका,दुर्घटना विमा समेत नभएका पहेलो प्यलेटका टयाक्सीले नेपालबाट यात्रु ओसारपसार गर्ने नपाउने निर्णय गरेको हो मिति २०८२÷०२÷०७ गते प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको संयोजनमा बसेको यातायात व्यावस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
यातायात लगाएत जनसरोकारका विषयका काम गर्ने विभिन्न क्षेत्रमा काम गर्ने सरोकारवाला निकाय, पदाधिकारीहरु संगको सयुक्त बैठकपछि प्रशासनले सिमा क्षेत्रमा देखिएको अनियमितता,भाडा निर्धारणमा देखिएको समस्या नेपाली यातायात व्यावसायी,अटो व्यावसायीहरु निकै नै प्रभावित भएको गुनासोका कारण यस्तो निर्णय लिएको हो ।
बैठकमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय,सुनौलो महाकाली यातायात,नमस्ते शुक्लाफाटा यातायात,यातायात ब्यावस्थापन कार्यालय,माहाकाली यातायात प्रा.लि,पवनदुत यातायात प्रा.लि,पवनदुत अटोमेनेजमेन्ट,नमस्ते ुशक्लाफाटा यातायात प्रा.लि,डिभिजन सडक कार्यालय लगाएतको उपस्थिती रहेको थियो ।
सुनौलो महाकाली यातायातका सदस्य जनक बहादुर चन्दले भारतमा सार्बजनिक सवारी साधनको रुपमा दर्ता भएका पहेलो प्यलेटका ट्याक्सीले महेन्द्रनगर बजार कब्जा गरिरहेको बताए।’’,‘उनले भने भारतमा दर्ता छन्,भारतमा कर तिर्छन,नत इनको दुर्घटना विमा छ न नियमकानून छ,मन परी ढंगले यात्रु ओसारपसार गरेका छन्’ प्रशासन अनदेखा छ,। युसको प्रतक्ष असर नेपाली यातायात व्यावसायमा परेको छ ।
गत विगतका वर्षहरुमा भारतीय पहेलो नम्बर प्यलेटका टयाक्सी पश्चिमी सिमानाकाको ७ नम्बर पिल्लरबाट वारी नेपाल प्रवेशमा कञ्चनपुर प्रशासनले रोक लगाएको थियो । आजभोली भने यस्तो लाग्छ पुरा महेन्द्रनगर बजार भारतीय टयाक्सी व्यापारीहरुको कब्जामा छ ।
कञ्चनपुर जिल्लामा लामो समय देखि अटो व्यावसायीको रुपमा अटो चलाई रहेका रमेश खत्रीले भने भारतीय टयाक्सीले गर्दा अटो व्यावसायी धरासायी बनायो’‘बैक बाट ऋण लियर आफ्नै देशमा केहि गरी खाउँ भनेपनी साथ सहयोग गर्ने कोहि छैन’विदेशीले आएर रोजीरोटी खोसिरहेका छन्,खै प्रशासनले हेरेको?,’
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सरोकार वाला निकायहरुसंग जेठ ७ गते को बैठकले भन्सार महसुल ऐन २०८१ मा भारतीय नम्बर प्यलेट टेक्सीहरुले नजिकैको बजारमा गई किनमेल गरेर फर्कने बुदा प्रष्ट भएपनि भारतीय टयाक्सी व्यावसायीले त्यो बुदाको अटेरी गरेको बताए ।‘उनले भने नेपाली यात्रु ओसारपसार गर्ने निहुमा भारतीयसंग मिलेर महेन्द्रनगरका होटल व्यावसायीहरुले दलाली गर्ने थाले’यात्रु पुर्याउने मात्र हो गाडिभरी भरेर ओसारपसार गर्ने अनुमती छैन’।सरोकारवाला निकाय संग बसेको बैठकको बुदा नम्बर ४को निर्णय यस्तो छ ।
भारतीय नम्बर प्यलेटका ट्याक्सीले जिल्ला भित्रका स्थानीय यात्रु ओसारपसार गर्ने नपाउने,भारत तर्फ बाट यात्रु लिई नेपाल भित्रिने भारतीय नम्बर प्यलेटका ट्याक्सीले फर्किदा यात्रु लिएर फर्किनु पर्ने अवस्था भएमा भन्सार÷दस्तुर अनुमती बेगर आगमन गर्ने नपाउने र त्यस्ता ट्याक्सीले स्थानीय यात्रु जम्मा÷संकलन गरे कारवाही गरिने निर्णय उल्लेख गरिएको छ ।

