महेद्रनगर । कञ्चनपुरमा शाररीक,मानसिक, यातना र दाईजोको दबाब सहन नसकेर १७ बर्षीय किशोरीले झुन्डिएर आत्महत्या गरेकी छन् ।
जिल्लाको भीमदत्त नगरपालिका वडा न ६ की १७ बर्षीय सम्झनाले पाच महिना अगाडि मात्र जिल्लाकै बेलडाँडी गाउपालिका २ का २४ वर्षीय पवन भट्ट संग प्रेम विवाह गरेकि थिइन् । संगै मर्ने बाच्ने कसम खाएर अनमेल विवाह गरेका उनिहरुको जिवन सुरु–सूरुमा सन्तोश जनक चलिरहेको सभ्झनाका बुवा भोज राज भट्टले बताए ।
सूरुका केहि महिना सम्बन्ध ठिकै चले पनि विस्तारै केहि महिना पछी सम्बन्धमा फाटो आउन थाल्यो मृतक सम्झनाका बुवाले भने । “केटा पक्षले छोरी सम्झनालाई दाईजो कम भएको र,कम दाईजो ल्याएको भन्दै शाररीक, मानसिक, दबाब दिन थालेको बताए। मृतक सम्झनाका बुवाको भनाई अनुसार सम्झना माईती घर बसेर महेन्द्रनगर सदरमुकाममा रहेको लिटिलबुद्ध ऐकेडेमिमा कक्षा १२ मा अध्यन गर्दै आईरहेको थिइन्।“उनका बुवा भन्छन्’छोरी माईत बस्दा पनि पोईली पक्षले फोन गरेर पढाई छोडेर बेलडाँडी घर बोलाउन दबाब दिईरहन्थे,“छोरीलाई जहिले पनि तनाबमा देखिरहन्थे।
विस्तृत घटना यस्तो छः सम्झनाका बुवा भोजराज भट्ट संग गरिएको कुराकानी
सम्झना कलेज बेलडाडीबाट टाढा भएकोले उनी भीमदत्त नगरपालिका ६ ऐठपुरमा बस्थीइन् उनलाई बिहिबार एक्कासी बेलडाडीबाट उनका श्रीमान लगाएत घरपरिवारको फोन आउछ,बुवा भोजराज भट्टले भने’फोनमा निकै बेर बोलाबोल पनि भयो,“छोरी घर जान्छु बुवा भन्दै बिहिबार नै अटोमा घर लागिन्,सम्झनाले घर पुगेर म राम्ररी पुगे भनेर फोन पनि गरिन्, “त्यो राती के भयो थाहाँ भएन।
“छोरीललाई शुक्रबार र सनिबार फोन गरे सम्पर्क विहिन भन्यो,मेरो मनले नमाने पछि आईतबार विहान बेलडाडी इप्रकामा फोन गरे र सोधे,’‘बेलडाडी इप्रकाका हवलदारसाबले भने दाईजोको विषयमा झगडा आएको थियो र उनको फोन पनि जफत गरिएको थियो,“हामीले समझाई बुझाई गर्यो र उनिहरुले घर गईसके भन्ने जबाफ आयो,मैले छोरी सम्झनालाई फोन लगाउने कोशिस गरे फोन सम्पर्क भएन,’।“अनि मैले मेरो श्रीमती र उसको फुपुलाई अटोमा बेलडाँडी पठाए,सम्झनाले फुपु र आमा पुग्दा सम्म त सुंसार छोडिसकेकी रहेछन्,।सम्झनाका बुवाले भने दाईजो मात्र होईन उनलाई शाररीक,मानसीक,तनाबका साथै जातिय कुराले पनि त खड्केला बाहुनकी छोरी हामि त घ्यु पोल्ने बाहुने भनेर यातना दिने गरेको बताए।
उनले भने छोरीको शरीरभरी निलडाम छन् आखामा निलडाम छ,“हामीले जिल्ला प्रहरी कार्यालयमा केटा पक्षका श्रीमान पवन भट्ट,आमा किरण भट्ट,बुवा हरि भट्ट लगाएका पोइली पक्षका नाममा आत्म हत्या दुरुत्साहनको जाहेरी दिएका छौ,।कञ्चनपुर प्रहरीले सम्झनाकाुे श्रीमानलाई मात्र नियन्त्रणमा लिएको छ )“जाहेरीमा नाम तोकेका सबैलाई प्रहरीले नियन्त्रयामा लिएमात्र शव परिक्षण गर्छो हैन भने गदैनो,। जिल्ला प्रहरी कार्याल कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले सम्झनाका श्रीमान पवन भट्टलाई आइतबार बिहाननै नियन्त्रयामा लि सकेको बताए। सम्झनाको शव परिक्षणको लागि महाकाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ।
