महेन्द्रनगर । कञ्चनपुरमा ठेकेदारले २५ मिटर लामो पुल समयमै बनाउन नसक्दा जनताहरुले सास्ती खेप्नु पेरको छ ।
जिल्लाको भीमदत्त नगरपालिका १ र बेतकोट नगरपालिका ८ जोड्ने रौटेला खोलामा बनेको २५ मिटर लामो पुल ठेकेदारको लापरवापहीका कारण समयमै बन्न नसक्दा जनताहरुले निकै सास्ती खेप्नु परेको हो ।
समझौता अनुसार दुई वर्षमा सक्नुपर्ने जिल्लाको बेतकोट नगरपालिका ८ र भीमदत्त नगरपालिका १ रौटेला खोलामा बनेको पुल तिन बर्षसम्म पनि नबन्दा जनताहरुलाई आवजावत गर्ने दैनिक निकै सास्ती खेप्नु परेको हो ।दुई बर्षमा सक्ने गरी ५ करोडको ठेक्का समझौता भएको निर्माण कम्पनीले ठेक्का भएको डेढ वर्ष पछि मात्र पुल निमाणको काम अघि बढाएको स्थानीयहरुले आरोप लगाएका छन् ।
स्थानीयहरुको भने, ‘पुल शिलान्यास गरेको डेढ बर्ष पछि मात्र ठेकेदारले पुलको निमार्णको कार्य अघि बढायो,‘लामो समय पछि दुई नगरपालिका जोड्ने पुल बन्छ र खोलामा जोखिम मोलेर वारपार गर्नुपर्ने दिनको अन्त्य हुन्छ भनेर खुसी भयो,‘ठेकेदारले निर्माणधिन पुल अलपत्र छाडेर म्याद थप गरेर तेस्रो बर्ष धकल्ने गर्यो,‘अर्को स्थानीयले भने अब बर्खा सुरु भएको छ,‘उसो त करीब १ किलोमिटर माथी रौटेला खोलामा झोलुङ्गे पुल निर्माण भएको छ,‘हामिहरुलाई झोलुङ्गे पुल पुग्न निकै टाढा पर्छ,‘सबै भन्दा अपरीहार्य कुरा त के छ भने बेतकोट नगरपालिका वडा नम्बर ८ का कैयाँ बालबालिका क्यामपस अध्यनरत विद्यार्थी भीमदत्त नगरपालिका १ मा रेहको जेसिस माविमा अध्यनरत रहेका छन्,‘विगतमा त हामिहरुले जेनतेन गरेर भएपनि दुखं काट्यो,‘अबत सरकारले जनताको सुविधाको लागि भनेर निर्माण गर्ने थालेको पुल समयमै सम्पन्न गर्नु पर्यो,‘पुलको काम सन्तोषजनक नगरी लथालिंग पारेर जनताहरुलाई पटक–पटम सास्ती दिईरहने?रौटेला खोलामा निर्माणधिन अवस्थामा अलपत्र रहेको पुलको ठेक्का महरा निर्माण सेवा प्रालिको हो ।
२०७९÷३÷२२ गते पाच करोडको ठेक्का पाएको महरा निर्माण .कम्पनीले २०८१÷९÷३० गते निर्माण सम्पन्न गरिसक्नु पर्ने समझौता भएको थियो।तर उक्त निर्माण कम्पनीले लापरवाही गरेर समझौता भएको डेढ बर्ष पछी मात्र निमाणकार्य सुरु गरेको पुर्बधार विकास कार्यालयका प्रमुख योगेन्द्र अधिकारीले बताए ।
उनले भने, ‘ निर्माण व्यावसायीहरुलाई प्रोत्साहन गर्ने सरकारले १४ औ संसोधन ल्यायो,‘जसले गर्दा सार्वजनिक खरीद निमावली २०६३ र सार्बजनिक खरीद ऐन २०६४मा टेकेर गम्भीर कारवाहिका रुपमा जस्तै ठेक्का रद्ध वा ब्ल्याकलिष्ट गर्नु अघि उपयुक्त प्रमाण,प्रकृयार माथिल्लो निकायको अनुमोदन आवश्यक हुने अधिकारीको राय छ । अधिकारीले १४ औ सुंसोधनमा टेकेर थप एक बर्ष २०८२÷९÷१० गते पुलको निर्माण कार्य सक्ने गरी एक बर्षको म्याद थप गरेको बताए ।
महरा निर्माण सेवा प्रालि संचालन हेम महराले पुल निमार्णको भौतिक प्रगती ६० प्रतिशत सम्पन्न भईकेको बताए ।उनले भने,‘बर्षा सुरु भएको कारण निर्माण कार्य समयमै सम्पन्न हुन सेकेन,बर्षादमा खोला बढेर सवारीसाध हाल्न, मिलेन‘ ‘भदौ महिनाबाट बाकी रहेको निर्माण कार्य पुनः सूचारु गछौँ,दुई वा तिन महिनामानै पुलबाट सवारीसाधन आवागमन सुचारु गराउछौ’।



