काठमाडौं । सरकारले कैदीबन्दीबीचको झडपपछि कैलाली जिल्ला कारागारमा सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको छ ।
गृहमन्त्री रमेश लेखकसहित सुरक्षा प्रमुखहरूको गृह मन्त्रालयमा बसेको बैठकले थप अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र शसस्त्र प्रहरी बलले सुरक्षा व्यवस्था कडा पार्ने निर्णय समेत गरेको गृहप्रबक्ता आनन्द काफ्ले जानकारी दिनुभयो ।
मन्त्री लेखकले तीन वटै सुरक्षा निकायका प्रमुखसंग घटनाको अवस्थाबारे जानकारी लिनुभएको थियो । बैठकले झडपमा घाइते भएकाहरूलाई उपचारका लागि काठमाडौं ल्याउने निर्णय पनि गरेको छ । बैठकमा गृहसचिवसहित नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सहभागी थिए ।
