पुर्व गृहमन्त्री श्रेष्ठ कञ्चनपुरमा

Published by:

Published on:

लाल ब. एसके

नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता एव पुर्व उपप्रधान तथा गृह एव परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ कञ्चनपुर पुगेका छन । प्रमुख प्रतिपक्षीय दल नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता श्रेष्ठ पाटीको कामका सिलसिलामा कञ्चनपुर पुगेका हुन ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले धनगढी विमानस्थलदेखि सिधै हुलाकी राजमार्ग पुनर्वास, बेलौरी, बेलडाँडी दक्षिणी क्षेत्र हुँदै महेन्द्रनगर आउन लागेको बताए ।

‘दक्षिणी क्षेत्रका जनता, नेता कार्यकर्ताहरुसंग भेटघाट गरेर महेन्द्रनगर आउनेछन, ‘उनले भने, ‘भोलीपल्ट मंगलबार नर बहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यालयदेखि भीमदत्त नगर पाटीको नगर सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ ।’

ताजा समाचार

सम्बन्धित समाचार