महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ५ का धेरै टोलहरु सडक बत्ति विहिन छन् ।
सरकारले गाउँगाउँ सिंह दरबारको नारा लगायता पनि त्यो नारा केवल नारामै सिमित देखिन्छ। चुनावताका विकासका नाममा जनताहरुको लागि आकाशका तारा झार्ने गरी झुटा भाषण गर्ने जनप्रतिनिधिहरुले विकासको नाममा माखो समेत मार्ने नसकेको स्थानीयहरुको आरोप छ ।
चुवाबको समयमा सामुदायीक छाडा पशुचौपायाहरुलाई व्यावस्थापन गर्ने लगाएत चुनावी ऐजेन्डा ल्याएर जनताको सामु उपस्थित भएका जनप्रतिनिधिहरुले विकासको नाममा सडक बत्ति समेत जडान तथा मर्मत गर्ने नस्कदा भीमदत्त ५ जानकी टोलविकास संस्थाका स्थानीय बासिन्दा निकै आक्रोशित भएका छन् ।
स्थानीयहरुको भनाई अनुसार जानकी टोल विकास लगाएत वडाका विभिन्न टोलमा सडक बत्ति नहुदा जनताहरुल रातिकोे समयमा निकै सास्ति खेप्नु परेको बताए । उनले भने नचाहिने ठाँउमा दुई दुई ठाउँमा बत्ति लगाएको छ आवश्यक ठाउँमा एउटै बत्ति छैन ।
भीमदत्त नगरपालिका ५ का अधिकासं टोलहरुमा बिग्रेका सडक बत्ति समेत मर्मत हुन सकेका छैनन्। अर्को स्थानीयले भने स्मार्ट सिटिको नारा छ तर ब्यावहारमा जिरो छ,‘रातिको समयमा टर्च लाईटको सहारामा हिड्नु पर्छ’पुरा अन्धकार अनकन्टर देखिन्छ ।
यदि वडा कार्यालयले ठाउँ ठाउँमा सडक बत्ति जडान तथा जडान गरेका बत्ति समयमै मर्मत गरिदिनेहो भने रातिमा घट्ने विभिन्न खाले अपराधिक घटनाहरु निर्मुल हुदै जान्छन् ।
