केशब भट्टराई महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा वर्डफ्लु रोग नियन्त्रण र प्रतिबन्ध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कञ्चनपुरको आयोजनामा सो कार्यक्रम भएको हो ।
सचेतना कार्यक्रममा बोल्दै पुनर्वास नगरपालिकाको नगर उपप्रमुख भुलीया कुमारी रानाले आयोजक प्रति कृतज्ञता ब्यक्त गर्नुभयो । उहाँले बर्डफ्लु रोग नियन्त्रण र प्रतिबन्धका लागी पालिका बाट गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । पुनर्वास खुल्ला सिमा क्षेत्र भएकाले पनी भारतीय बजार जाने नागरीकहरुलाई ड्यिुटी पोष्ट बाट नै जानकारी दिन सशस्त्र प्रहरीलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले वर्डफ्लु नियन्त्रणका लागि खुल्ला सिमानाकामा कडाईका साथ उच्च सुरक्षा शर्तकता अपनाउन निर्देशन दिनु भएको छ । पशुपन्छिमा लाग्ने रोगलाई भारतिय सिमाबाट नेपाल भित्रन नदिन आफ्नो अध्यक्षतामा सोमबार नै बैठक बसेर अहिले पालीका स्तरमा सचेतना अभिबृद्धी र वर्डफ्लु बारे जानकार िगराइरहेको बताउनुभयो ।

