सात बुँदे प्रतिवद्धता सहित कञ्चनपुर निर्माण व्यवसायी संघ चुनावका लागि पुष्पराज अवस्थीको प्यानल घोषणा

Published by:

Published on:

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको भदौ २१ गते हुने १५ औं निर्वाचनका लागि पुष्पराज अवस्थीले चुनावी प्यानल घोषणा गरेका छन् ।

होटल सिद्धार्थमा सोमबार पत्रकार सम्मेलन गरी अवस्थीले आफ्नो प्यानल घोषणा गरेका हुन् । चुनावी प्रचार तीव्र बनाएका अवस्थीले उम्मेदवार सहित सहभागी भएर प्यानल घोषणा गरेका छन् ।

अवस्थी यस अघि १४ औं निर्वाचनमा अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । संघका वर्तमान अध्यक्ष निरञ्जन प्रसाद भट्टसित उनको प्रतिस्पर्धा थियो । तीन वर्षपछि फेरि भट्टसित उनको प्रतिस्पर्धा हुने भएको छ । भट्टले यस अघि चुनावी प्यानल घोषणा गरि सकेका छन् ।

अवस्थी प्यालनबाट वरिष्ठ उपाध्यक्षमा अमर बहादुर बम उम्मेदवार छन् । संघको वर्तमान समितिका सह कोषाध्यक्ष यज्ञराज बैज उपाध्यक्षका उम्मेदवार छन् । १४ औं अधिवेशनमा बैज अवस्थी प्यानलबाट सह कोषाध्यक्ष निर्वाचित भएका हुन् ।

संघको महासचिवमा देबीदत्त भट्ट र सचिवमा गोरे सिह ऐर अवस्थी प्यानलबाट उम्मेदवार छन् । यसैगरी कोषाध्यक्षमा दिल बहादुर सिह र सह कोषाध्यक्षमा चित्र बहादुर कार्की उम्मेदवार छन् ।

सिह दोधारा चाँदनी र कार्की बेल्डाँडीका वासिन्दा हुन् । भदौ २० गते साधारण सभा सकिएपछि निर्वाचन सुरु हुने छ । संघको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सुरु गरि सकेको छ ।

पत्रकार सम्मेलनमा अध्यक्षका उम्मेदवार अवस्थीले प्यानलको सात बुँदे प्रतिवद्धता सुनाए । उनले निर्माण व्यवसायी संघलाई व्यवसायीको हकहित सक्षम बनाउने लक्ष्य लिएर आफ,ू चुनावी मैदानमा होमिएको बताए ।

अवस्थीले निर्माण व्यवसायी संघलाई समय सापेक्ष र सबै व्यवसायीको साझा संस्था बनाउन आफूले भूमिका निर्वाह गर्ने बताए ।

अवस्थी प्यानलले संघ बाहिर रहेका ३ सय ५० व्यवसायीलाई संघमा ल्याउने प्रतिवद्धता गरेका छ । निर्माण व्यवसायीको क्षमता वृद्धिका कार्यक्रमलाई पनि प्राथमिकता दिएर अघि बढ्ने अवस्थी प्यानलको प्रतिवद्धता छ ।

प्रतिवद्धता पत्रमा निर्माण व्यवसायीको क्षमता वृद्धिका लागि लेखा प्रणाली, भ्याट, इबिडका लागि सीप मुलक र प्राविधिक तालिम सञ्चालन गर्ने उल्लेख छ ।

संघको कार्यालय व्यवस्थित र प्रविधियुक्त बनाउने र त्यसका लागि दक्ष जनशक्ति तथा प्रयोगशाला९ल्याब० स्थापना गर्ने अवस्थीले प्यानलले प्रतिवद्धता गरेको छ ।

निर्माण व्यवसायीका समस्या भुक्तानी ९साइड, क्लियरेन्स ० लगायतका समस्या समाधानका लागि सरोकारवाला निकायसित सहकार्य गर्ने, निर्माण व्यवसायीबीच सहकार्य र आपशी सम्बन्ध सौहार्द बनाउन छलफल गर्ने, विभिन्न पर्वहरु मनाउने, नो रिपिटको संस्कार अपनाउने, पुनः पदमा दोहोरिने प्रवृत्ति अन्त्य गर्ने र निर्माण व्यवसायी संघलाई साझा संस्थाका रुपमा विकास गरी व्यवसायिक र क्रियाशिल व्यवसायीको संस्था बनाउने प्रतिवद्धता गरिएको छ ।

कञ्चनपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सुरेश रावल, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष सुरेश धामी लगायतका पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार