निजामती कर्मचारी युनियन कञ्चनपुरले स्थापना दिवसको अवसरमा गर्यो विशिष्ट व्याक्तित्वलाई सम्मान

Published by:

Published on:

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कञ्चनपुरले आयोजना गरेको ब्याटमिन्टन प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति कञ्चनपुरले भाद्र १९ गते स्थापना दिवसको अवसर पारेरे ब्याटमिन्टन प्रतियोगितामा प्रथम,द्धितीय,तृतीय हुने सहभागी खेलाडिहरुलाई स्थापना दिवस कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको हो ।

निजामती कर्मचारी युनियन जिल्ला कार्यसमितिले यही भदौ १६ गते देखि १८ गते सम्म तिन दिन ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको थियो । जसमा संघ,प्रदेश,र स्थानीय तह अन्र्तगतका कार्यालहरुमा कार्यरत मात्र सहभागि रहने नियम रहेको थियो ।

कञ्चनपुरको कर्बडहलमा तिन दिन सम्म संचालन रहेको उक्त ब्याटमिन्टन प्रतियोगिताको प्रथम पुरस्कार मेडल तथा प्रमाणपत्र महेश प्रशाद भट्ट,र मदन भन्डारीले हात पारे।द्धितिय नगद पुरस्कार मेडल तथा प्रमाणपत्र गणेश बहादुर सिह र नन्द राज भट्टले र त्यस्तै तृतीय पुरस्कार टंक पशाद भट्ट,मनिराम जोशि,डम्बर धामी तथा भान सिह धामीले प्राप्त गरे ।

बुधबार जिल्ला समन्वय समिति कञ्चनपुरको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा कञ्चनपुर जिल्ला अदालतका माननीय न्यायधिश श्री राजेन्द्र सिंह भन्डारी,प्रमुख जिल्ला अधिकारी लक्ष्यमण ढकाल,भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बंम नेपाली काँग्रेस भीमदत्त कार्यवाहक नगरसभापती मिन बहादुर शिह, नेपाली काँग्रेस कञ्चनपुरका सचिव भिम भट्ट कञ्चनपुर जिल्ला ब्याटमिन्टन संघका अध्यक्ष राहुल भट्ट लगाएत निजामती कर्मचारी युनियनमा आवद्ध समपुर्ण कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

स्थापना दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरले विगत लामो समय देखि नेपाल निजामती कर्मचारी युनियनमा विशेष योगदान पुर्याउदै आईरहेका तथा नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका निवर्तमान अध्यक्ष प्रेम ऐर,तथा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बंमलाई दोसल्ला सहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका अध्यक्ष गणेश बहादुर सिहले बताए ।

oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0

ताजा समाचार

सम्बन्धित समाचार