कारागारबाट फरार कैदीगरे महिलामाथि जबर्जस्ती प्रयास, दोधारा चाँदनीमा तनाव

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट भागेका ११ जना मध्ये एक, दोधारा चाँदनी नगरपालिका–१ निवासी ३५ वर्षीय दीपक सुनारलाई जबर्जस्ती प्रयासको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

कारागारबाट भागेका दिपक सुनारका अनुसार दुई बर्ष पहिले जबर्जस्ति करणीमा जेल गएका सुनार हिजो मात्रै कारागारबाट फरार भएर दोधारा चाँदनी आएका थिए। उनी बुधबार दिउँसो मदिरा सेवन गरेको अवस्थामा वडा नं। २ स्थित एक घरमा पसेर त्यहाँ रहेका महिलामाथि जबर्जस्ती प्रयास गरेका थिए। पीडितका अनुसार, उनले चिच्याउन थालेपछि सुनार त्यहाँबाट भागेका थिए।

स्थानीयको सहयोगमा सुनारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा बुझाइएको प्रहरीले जनाएको छ।

सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ। एक्लै नहिँड्न, घरमा सामूहिक रूपमा बस्न तथा बालबालिकालाई एक्लै नछोड्न सुझाव दिइएको छ।

यता, कारागारबाट भागेका अन्य कैदीहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार