महेन्द्रनगर २०८२ आश्विन १, बुधबार । सेती प्रादेशिक अस्पतालमा कार्यरत एक कर्मचारीले जिल्ला प्रहरी कार्यालय र वन डिभिजन कार्यालयमा तोडफोड गर्न युवाहरूलाई उक्साएको तथ्य फेला परेको छ ।
सेती अस्पातमा कार्यरत महेश्वरी विष्टले तोडफोड गर्न युवाहरूलाई उत्तेजित बनाएकी हुन् । जिल्ला प्रहरी कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक भवन नजिकै फुटपाथमा उभिएर विष्ट र अर्की एक जना महिलाले युवाहरूलाई तोडफोड गर्न सल्लाह दिएकी हुन् ।
उनी र सँगै रहेकी अर्की महिलाले भदौ २४ गते साँझ युवाहरूलाई प्रहरी कार्यालय र नजिकै रहेको वन कार्यालयमा समेत तोडफोड गर्न उक्साएको र उनको सल्लाहको प्रतिवाद गर्दा एक युवालाई अश्लिल गाली समेत गरेकी थिइन् ।
जेन्जी युवाहरूलाई सरकारी सम्पत्तिमा तोडफोड नगर्न र प्रहरीमाथि आक्रमण नगर्न सम्झाइ बुझाइ गरिरहेका पत्रकारलाई समेत कुटपिट गर्न विष्टले युवाहरूलाई उक्साएकी थिइन् । कैलाली प्रहरीले बिष्ट र एक जना अर्की महिलाको भिडियो प्राप्त भएको जनाएको छ ।
