महेन्द्रनगर असोज ३ । भीमदत्त नगरपालिका १७ ले सडक दुर्घटना न्युनिकरणका लागि कन्भ्याक्स मिरर जडान गरेको छ।
सडकमा रहेका घुम्तीहरुका कारण सडक दुर्घटना हुने भएकाले सडक दुर्घटना न्युनिकरणका लागि कन्भ्याक्स मिरर जडान गरेको भीमदत्त नगरपालिका १७ का वडा अध्यक्ष पदम बुढाले बताए । कन्भ्याक्स मिरर प्रायः सवारी साधन,सडक मोड,पार्किङ,पसल,अस्पताल वा सुरक्षाका लागि जडान गरिन्छ ।
अध्यक्ष बुढाले स्थानीयहरुको माग अनुसार कन्भ्याक्स वडा भित्र रहेको घुम्तीहरुमा कन्भ्याक्स मिरर जडान गरेको बताए ।

