टिकटक लाईभमा भएको थियो भनाभन,लगतै कोठामा जलेको अवस्थामा फेला परिन

Published by:

Published on:

महेन्द्रनगर । सामाजिक संजाल टिकटकमा र्चिर्चत कलाकार आचल नाथमाथी अपरिचित ब्याक्तिले पेट्रोल छर्की आ‘गो लगाई ज्यान मार्नै प्रयाश गरेको नाथको पारिवारिक स्रोतले जनाएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका २ बाणी बस्ने हाल जापानिज भाषा अध्यनको लागि काठमाडौंको बौद्ध जम्बलिङ क्षेत्र नजिकै रहेको आफ्नै डेरामा बस्ने आचल नाथको बिहिबार साझ एक जना अ‘ज्ञात व्यक्तिले उनीमाथि पेट्रोल छ‘र्केर आ‘गो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको कृष्णपुर नगरपालिका २ बाणी बस्ने आचल नाथका भिनाजु प्रकाश नाथले बताएका छन् ।

भिनाजु प्रकाश नाथका अनुसार आचल नाथ टिकटक लाईभमा बसिरहेको समयमा एकजना टिकटकरसंग लाईभमा भनाभन भएको र लगतै एक जना अज्ञात ब्याक्ति आएर उनि माथि पेट्रोल छर्की आ‘गो लगाएको नाथको भनाई रहेको छ । आचल भाई संगै काठमाडौमा कोठा गरेर बस्दै आएकी थिईन।उनका भाई यतीबेला दशै मनाउन कञ्चनपुर आएका छन् ।

कोठामागम्भीर घा‘इते अवस्थामा फेला परेकी आचललाई तुरुन्त उद्धार गरी केएमसी अस्पताल पु¥याइएको थियो ।यो समाचार तयार पार्दासम्म आचल नाथको स्वास्थ्य अवस्था गम्भीर भएपछी उनलाई आइसीयुमा राखिएको र अवस्था चिन्ताजनक रहेको भिनाजु प्रकाश नाथको भनाई रहेको छ ।

आचल नाथ टिकटकमा नृत्य, अभिनय र सामाजिक सन्देशमूलक भिडियो मार्फत पछिल्ला वर्षहरूमा निकै चर्चित बनेकी थिइन्। उनी केही म्युजिक भिडियोहरू र साना कलाकारितामा पनि सक्रिय थिइन्। घटनाबारे काठमाडौं प्रहरी परिसरले अनुसन्धान थालेको आचल नाथका आफन्तको भनाई रहेको छ । आचल नाथको स्वास्थ्य अवस्था बुझ्न नाथका भिनाजु,र बुवा शुक्रबार भोली काठमाठौ जादै छन्।

ताजा समाचार

सम्बन्धित समाचार