कञ्चनपुरमा जिप दुर्घटना अपडेट ः एक बालिकाको मृत्यु, घाइते आठै जनालाई धनगढी पठाइयो

Published by:

Published on:

महेन्द्रनगर । १४ असोज । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ३ सिउडीबागस्थित दैजी(जोगबुढा सडकखण्डमा मङ्गलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने आठ जना घाइते हुनुभएको छ । दैजीबाट जोगबुढातर्फ जाँदै गरेको से १ ज ४१७ नम्बरको बोलेरो जिप दिउँसो करिब पौने ३ बजे सडकबाट २० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी अपराह्न साढे ४ बजेतिर महाकाली प्रादेशिक अस्पताल पु¥याइएको थियो । त्यहाँ उपचारका क्रममा वेदकोट नगरपालिका वडा नम्बर ४ बस्ने तारा पालकी दुई वर्षीया छोरी युविका पालको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उक्त दुर्घटनामा कञ्चनपुरको वेदकोट ४ बस्ने ३० वर्षीया तारा पाल र ताराका १० वर्षीय छोरा प्रिन्स पाल, कञ्चनपुरकै कृष्णपुर १ वाणी बस्ने ३३ वर्षीया धाना बोहरा र धानाका ४ वर्षीय छोरा कमल बोहरा, डडेल्धुराको परशुराम ४ बस्ने २८ वर्षीय नरेश सार्की, परशुराम ९ बस्ने ३५ वर्षीय देवेन्द्र धामी, २४ वर्षीय वीरेन्द्र कुँवर र वीरेन्द्रकी २१ वर्षीया श्रीमती मनीषा कुँवर घाइते हुनु भएको छ ।

उहाँहरू सबैको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेकोमा घाइते आठै जनालाई थप उपचारका लागि कैलालीको धनगढीस्थित विभिन्न अस्पतालहरूमा पठाइएको छ । दुर्घटनापछि चालक फरार रहेका छन् । उनको खोजीकार्य भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार