महेन्द्रनगर असोज १७ । कञ्चनपुरका एक प्रतिष्ठित व्यावसायीले भीमदत्त ५ का दलित परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
महेन्द्रनगर बजार गल्ली १ का व्यावसायी तथा न्यु श्री सहजलिङ्ग खाद्य स्टोर तथा सप्लार्सका संचालक हेमराज भट्टले दशैंको टिकाको दिन भीमदत्त नगरपालिका वडा नम्बर ५ जानकी टोल तिनतारा बस्ने सिब्बु लुहारको परिवारलाई खाद्यान्न चामल,दाल,तेल,नुन,मसला लगाएत सामाग्री सहयोग गरेका हुन।
लुहार परिवारको आर्थीक अवस्था कमजोर भएको हुदा दशैंको टिकाको दिन बिहिबार महेन्द्रनगर गल्ली न १ का भट्ट व्यावसायीले खाद्यान्न सहयोग गरेको बताए ।
लुहार परिवारका जेठा छोरा सिब्बु लुहारको कलिलै उमेरमा बुधबार महा नवमी अर्थात दशैंको टिकाको अघिल्लो दिन ३५ बर्षको कलीलो उमेरमा निधन भएको र सिब्बु लुहारकी श्रीमती अहिले कञ्चनपुर कारागारमा कैद भुक्तान गरिरहेको सिब्बु लुहारकी आमाले बताएकी छन् । आमा कारागार रहेको र घरमा बुवाको निधन भएपछी लुहारका परिवारका स–साना दुई छोरी र एक छोरा विचल्लीमा परेका छन्।
हुन त उसो घरमा बुढा बाजे बजै भएपनी शाररिक अवस्था र आर्थीक अवस्थाले भने उनीहरु निकै कमजोर भएकोले उनिहरुलाई बिहान बेलुकाको छाक टार्न निकै धौ–धौ भईरहको छ ।
यती श्रीमानको मृत्युको खबर पाएपछी कारागार प्रशासनले मृतक सिब्बुको श्रीमतीलाई प्रहरीले सुरक्षाका साथ अन्तीम दाहंसंस्कारमा घर सम्म पुर्याएको थियो। मृतक सिब्बुको श्रीमती यतीखेर हिन्दु धार्मीक परम्परा अनुसार कञ्चनपुर कारागारमा क्रियामा छिन् । उनलाई कारागार भित्र अलगै पकाउने,खाने,सुत्ने व्यावस्था गरिएको कारागार प्रशासनले जनाएको छ ।
