महेन्द्रनगर असोज १९ । कञ्चनपुर जिल्लाको १ सय २९ किलोमिटर खुल्ला सिमाना मित्र राष्ट्र भारत संग जोडिएको छ।
जिल्लामा लागूऔषधको बिगबिगी पनि उत्तिकै बढ्दो क्रममा रहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लागूऔषध पेशेवर, प्रयोगकर्तालाई दिन प्रतिदिन नियन्त्रणमा लिन सर्च अप्रेशन चलाउदै आईरहेको भएतापनी त्यो कामले किनारा पाउन भने सकेको छैन।
जिल्लाको १ सय २९ किलोमिटर खुल्ला सिमानामा सशस्त्र प्रहरी सीमा सुरक्षाबलका २२ वटा बिओपी पोष्ट रहेका छन्। जसले आन्तरिक सुरक्षा,सीमा सुरक्षा,नेपालका खुला सीमा निगरानी र सुरक्षा,मानव बेचविखन,अबैध कारोबार, हात हतियार, लागूऔषध र तस्करी नियन्त्रण लगाएतका राष्ट्रहितको रक्षा गर्ने मुख्य जिम्मेवारी बहन गर्दै आईरहेको छ ।
तर समग्रमा भन्नु पर्दा कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी,मझगाँउ,श्रिलङका,र ब्रहमदेबाट खटिएका सशस्त्र प्रहरी माथी अचम्मको आरोप लागेको छ ।चाँडपर्वको समय र खुल्ला सीमानाका कारण जिल्लामा तस्करी दिनप्रतिदिन मौलाए संगै सशस्त्र प्रहरीले पनि तस्करहरुबाट दिनप्रतिदिन लाखौको सरसमान पक्राउ गरेको समाचार देख्न तथा पढ्न पाईन्छ ।तर पछिल्लो समय तस्करीको सरसमान पक्राउ गर्ने सशस्त्र प्रहरीलाई भने अचम्मको आरोप लाग्दै आईरहेको छ ।
स्रोतका अनुसार सशस्त्र प्रहरीले दिनप्रतिदिन पक्राउ गरेको पुरा सरसमान सकुसल कञ्चनपुर भन्सार कार्यालय गड्डचौकी दाखिला नगरेको स्रोतको दाबी रहेको छ ।स्रोतका अनुसार सशस्त्र प्रहरीले ठुला तस्कर तथा साना साईकलमा क्यारिङकर्ताबाट पक्राउ गरेको फुटकर सरसमानको एकमुस्ट मुद्धा बनाई रकम तोकी भन्सार दाखिला गर्छ ।
तर अचम्को कुरा के भने सशस्त्र प्रहरीले पक्राउ गरेको सरसमान आधा भने आधिबाटोबाट गाएब पारिएको हुन्छ भन्ने एक क्यारिङकर्ताले भने“केहि महिना अगाडिको कुरा हो”“मैले बनबसा बाट केहि सुटका पिस लिएर आए,ति सुटका पिस सशस्त्र प्रहरीले पक्राउ गर्यो,“म पछिल्लो दिन पक्राउ गरेका सुटका पिस भन्सार दाखिला गर्यो या गरेन भनेर कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकी पुगे “उनले भने” तर बरामद गरिएका राम्रा–राम्रा महङ्गा सुटका पिस त गाएब पारिएको रहेछ,। सुटको आधा अंश मात्र भन्सार दाखिला गरेको उनको दाबी छ ।

पश्चिमी सीमाना गड्डाचौकी नाका हुदै बनबसा बाट साईकलमा क्यारिङ गर्ने अधिकासं क्यारिङकर्ताहरुले चिनि बोक्ने गर्दछन्। “उनि भन्छन्” “ठाँउ–ठाँउमा नेपाल प्रहरी छ,सशस्त्र प्रहरी छ,हुँदा हुँदा सशस्त्र प्रहरीले विना पोशाक सिभिल सशस्त्र प्रहरी बाटो–बाटोमा खटाएको छ,” “साईकलबाला मानिसले पाँच केजी चिनि बोकेको देख्छन्,मोटरसाइकमा ठुँला तस्करहरुले प्रतिदिन ५–७ चक्कर लगाएको उहाँ हरुले देख्दैनन्,“दिनमा सशस्त्र प्रहरीले चिनिदेखि अन्य घरायसी समान दाल,तेल,लगाएत धेरै सामाग्री तर त्यो बरामद गरेको पुरा सामान भन्सार पुग्दैन कहाँ जान्छ?“गरीबले ल्याएको समान भन्सार छली गर्यो भनेर बरामद गर्छन त्यही समानमा नियत डुबाएर घर–घर लगेर जान्छन्, ्“उनले भने,।
सशस्त्र प्रहरी मुख्यालले “सादा पोशाकमा सशस्त्र प्रहरी परिचाल सम्बन्धी निर्देशिका २०७९ जेठ ६ को निर्णयमा उल्लिखित बुदाहरुमा कुनै कार्यालयले सादा पोशाककमा सशस्त्र प्रहरी परिचालन गरेको भए तुरुन्तै फिर्ता गर्ने आदेश दिएको थियो। त्यो निर्देशिकामा भनिएको छ अब सादा पोशाकमा खटाउने निति मापदण्ड २०७९ अन्र्तगत कडा गरिएको छ ।
निर्देशनमा भनिएको छ अब सादा पोशाकमा खटाउने निति (ईन्टेलिजेन्स)राष्ट्रिय सुरक्षा,अपराध नियन्त्रण वा अपराधिक गतिविधि रोकथामका लागि गोप्य सूचना संकलन,विशेष अपरेसनको लागि मुख्यालयको लिखित स्वीकृति लिएर मात्र गर्न मिल्ने व्यावस्था छ ।
तर मुख्यालयको निर्देशिका विपरित पछिल्लो समय कञ्चनपुर जिल्लामा सीमा क्षेत्रको निगरानी तथा तस्करी नियन्त्रण भन्दै सादा पोशाकका सशस्त्र प्रहरी खटाउने गरेको पाईएको छ ।
सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण झलारीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक लोकेन्द्र भट्टले सशस्त्र प्रहरीले बरामद गरेको समानमा भागबन्डा गर्ने गरेको आरोप मिथ्या भएको दाबी गरे ।उपरिक्षक भट्टले भने”सशस्त्र प्रहरीमाथि क्यारिङकर्ता र तस्करहरुले लगाएको आरोप सब झुट हो,ः“यदि सशस्त्र प्रहरीमाथी लगाएको आरोप सत्य सावित भए त्यस्ता कर्मचारीहरुलाई विभागिय कारवाही गरिने बताए ।

