महेन्द्रनगर असोज २६ । कञ्चनपुर प्रहरीले जिल्ला सदरमुकाम महेन्द्रनगर बजारबाट एक व्यवसायीको गोदाममा राखेको अवस्थामा लाखौँ मूल्यको पटका बरामद गरेको छ।
भीमदत्त नगरपालिका– ३, भाँसी महेन्द्रनगरका खडक पालको घरबाटै २८ लाख ९८ हजार ६५० रुपैयाँबराबरका विभिन्न प्रकारमा पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिए।
कञ्चनपुरका प्रहरी प्रमुख खडकबहादुर खत्रीले बरामद गरिएको पटका नष्ट गरिएको बताए। पक्राउ परेका व्यवसायी पालमाथि आवश्यक कारबाही अघि बढाएको उनको भनाइ छ।

