पुर्व प्रेमीसंग टाप कसेकी युवतीको असोज ३० मा मग्नि भएका नव युवकसंग दुई बर्ष पहिले मात्र परिचय भएको थियो ।
फरार रहेका पुर्व प्रेमी र युवती दुबैजना सरकारी जागीरे हुन। युवक सशस्त्र प्रहरीका ईन्स्पेक्टर हुन मने युवती शिक्षक हुन।
युवतीले मग्नि भएका युवकलाई मंसीरमा बिवाह गर्ने भन्दै सात लाखका सुनका गहनाको समेत अडर गर्ने लगाएको पिडित युवा पक्षको भनाई रहेको छ ।
महेन्द्रनगर ११ कार्तीक । ३० असोजमा कैलालीमा धुमधाम सात मग्नि गरेकी कञ्चनपुरकी एक युवती कार्तीक ८ गते पुर्व प्रेमीसंग टाप कसेकी छन् ।
यही असोज ३० गते सामाजिक परम्परा अनुसार पिडित युवा संग घरपरिवारकै सल्लाह अनुसार औँठी साटासाट भएको थियो । तर कञ्चनपुर घर भएकी ती युवतीले मंसिरमा बिहेको लगन जुराउदै धनगढीका ति पिडित युवकलाई सात लाख बराबरका सुनका गहना बनािउन समेत आदेश दिएको पिडित युवककी दिदिले आभाष डटकमलाई बताईन ।
फरार रहेका पुर्व प्रेमी र युवती दुबैजना सरकारी जागीरे हुन। युवक सशस्त्र प्रहरीका ईन्स्पेक्टर हुन भने युवती शिक्षिका हुन। पुर्व प्रेमीसंग टाप कसेकी युवतीको असोज ३० मा मग्नि भएका नव युवकसंग दुई बर्ष पहिले मात्र परिचय भएको थियो ।परिवारजनका अनुसार विवाहको तयारी भइरसकेको समयमा उक्त युवती मग्नि भएको ९ दिनमै कार्तीक ८ गते अचानक सम्पर्कविहीन बनेकी थिइन्।
पिडित परिवार र माईती पक्षले खोजतलास गर्दै जादाँ पुर्व प्रेमिसंग टाप कसेर काठमाडौ पुगेको पिडित युवक पुष्टि गरेका छन् ।पिडित युवकको आफन्त परिवारले ति फरार युवती विरुद्ध ठगीको मुद्धा दर्ता लगाएतका थप मुद्धा दर्ता गर्ने बताएका छन् भने यता माईती पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा ती सशस्त्रका ईन्स्पेक्टर विरुद्ध अपहरणको मुद्धा दर्ता गर्ने लगाएत उजुरी गर्ने बताएका छन् ।
