मन्त्र अस्पतालमा भोलिदेखि स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. सोनी शेर्पा र बालरोग विशेषज्ञ डा. मनीष साहको पूर्णकालीन सेवा सुरु

Published by:

Published on:

महेन्द्रनगर मन्त्र अस्पतालले भोलिदेखि (मिति: २०८२/०७/१८) देखि स्त्रीरोग तथा प्रसूति तथा बालरोग विभागमा नयाँ सेवा सुरु गर्न लागेको छ।

अबदेखि अस्पतालमा स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. सोनी शेर्पा र बालरोग विशेषज्ञ डा. मनीष साह पूर्णकालीन रूपमा आफ्नो सेवा प्रदान गर्ने भएका छन्।डा. सोनी शेर्पा – स्त्रीरोग तथा प्रसूति विशेषज्ञडा. शेर्पाले आफ्नो चिकित्सकीय शिक्षा मणिपाल मेडिकल कलेजबाट पूरा गर्नुभएको हो र यसअघि, काठमाडौँ को विभिन्न अस्पताल मा कार्यरत रहँदै महिलाहरूको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

मन्त्र अस्पतालका अनुसार डा. शेर्पाको अनुभव, निष्ठा र रोगीमैत्री व्यवहारले महिला स्वास्थ्य सेवामा नयाँ स्तर ल्याउने अपेक्षा गरिएको छ। उहाँले निम्न सेवा प्रदान गर्नुहुनेछःमहिला स्वास्थ्य सम्बन्धी नियमित जाँचगर्भावस्था व्यवस्थापन र सुरक्षित प्रसूतिबाँझोपन सम्बन्धी उपचारविभिन्न स्त्रीरोगहरूको उच्चस्तरीय उपचार सेवाडा. शेर्पाको आगमनले अस्पतालमा महिला स्वास्थ्य सेवा अझ सशक्त, विश्वसनीय र सहज हुने विश्वास अस्पताल प्रशासनले व्यक्त गरेको छ।

डा. मनीष साह – बालरोग विशेषज्ञ (Pediatrician)डा. मनीष साहले आफ्नो चिकित्सकीय शिक्षा मणिपाल मेडिकल कलेजबाट पूरा गर्नुभएको हो र पछिल्लो समय उहाँ नेपाल मेडिकल कलेज, काठमाडौँमा कार्यरत रहनुभएको थियो।डा. साहले नवजात शिशुदेखि बालबालिका र किशोरहरूमा देखिने सबै प्रकारका रोगहरूको निदान तथा उपचारमा विशेष दक्षता हासिल गर्नुभएको छ।

उहाँले निम्न सेवा प्रदान गर्नुहुनेछःनवजात शिशु र बालबालिकाका सबै प्रकारका रोगहरूको उपचारकुपोषण (Malnutrition) सम्बन्धी अवस्था व्यवस्थापनबिरामी बच्चा, रुन नछोड्ने (crying baby) वा कमजोर बच्चाको मूल्यांकन र उपचारनियमित स्वास्थ्य जाँच तथा वृद्धि–विकास निगरानीयससँगै अस्पतालले बालबालिकाको अत्यावश्यक उपचारका लागि निम्न विशेष सेवा सुविधा उपलब्ध गराएको छःNICU (Neonatal Intensive Care Unit)PICU (Pediatric Intensive Care Unit)Phototherapy (पीलिया उपचार सेवा)डा. साहको अनुभव र प्रतिबद्धताले अस्पतालको बाल स्वास्थ्य सेवा अझ गुणस्तरीय, सुरक्षित र आधुनिक बनाउने विश्वास गरिएको छ।स्थान: मन्त्र अस्पतालसेवा विभागहरू:स्त्रीरोग तथा प्रसूति (Gynecology & Obstetrics)बालरोग (Pediatrics)सेवा समय: बिहान ९:०० बजेदेखि साँझ ६:०० बजेसम्म (पूर्णकालीन) स्त्रीरोग विशेषज्ञ: डा. सोनी शेर्पा बालरोग विशेषज्ञ: डा. मनीष साह

ताजा समाचार

सम्बन्धित समाचार