सस्तोमा धान बेचेपछि बल्ल धान खरिद गर्दै खाद्य व्यापार कम्पनी, किसानमाथि अन्याय

Published by:

Published on:

महेन्द्रनगर १७ कार्तिक । यस बर्ष ०८२ मा किसानले सस्तोमा धान बेचेपछि बल्ल कञ्चनपुरमा सरकारी कम्पनीले धान खरिद शुरु गरेको छ । १६ कार्तिक ९आइतबार० देखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मोटो प्रजातिको धान शुरु गरेको हो ।

यस विचमा तीन ठुला तिहार दशैँ, दिपावली एव छठ परेसंगै साना एव सझौता प्रकृतिका किसानले चाडवार्ड खर्चका लागि पहिल्यै धान बेचिसकेका थिए । सरकारले तोके भन्दा कम त्यो पनि सस्तो मुल्यमा बेचेका थिए ।

सरकारले चालु आर्थिक बर्ष ०८२÷०८२ को साउनमैै धानको सर्मथन मुल्य तोकेपनि खाद्यले ढिलोगरी धान खरिद गर्न थालेपछि अब वास्तविक किसान भन्दा बढी गल्ला व्यवसायीले बिक्रिका लागि आउने किसानकै चिन्ता छ ।

सरकारले धानको सर्मथन मुल्य तोकेको साढे चार महिना र किसानले धान भित्र्राएको डेढ महिनापछि खाद्यले बिक्रि वितरण शुरु गरेपछि किसान वास्तविक मुल्य पाउनबाट बञ्चित भएका छन । यस बर्ष गत बर्ष भन्दा १० हजार क्विन्टल कम धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ ।

केन्द्रले धान खरिद गर्ने कोटा समेत कटौती गरेपछि सबै किसानले धान बिक्रि गर्न नपाउने चिन्ता व्यक्त गरेका छन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सुचना अधिकारी मनोज चन्दले केन्द्रीय कार्यालयबाट धान खरिदका लागि ११ कार्तिक ०८२ मा पत्र आएको बताए ।

उनले गत बर्ष १३ कार्तिक र यस बर्ष दुई ढिला मात्रै भएकाले बताए । माथिबाटै खरिदका लागि ढिलो पत्र आएकाले खरिद कार्य पनि ढिलाई भएको बताए ।

०७९मा मसिर २९, ०८०मा कार्तिक १५, ०८१मा कार्तिक १३ र ०८२मा कार्तिक १६देखि धान खरिद शुरु गरेकोे थियो । सरकारले यस बर्ष मोटा ३ हजार ४६३ र मध्यमको ३ हजार ६२८रुपैया निर्धारण गरेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार