एम बि.बि.एसमा (पुर्ण छात्रावृत्ति सफल भट्टलाई डाईमन्ड एकेडेमीले गर्यो सम्मान

Published by:

Published on:

महेन्द्रनगर कार्तिक २७ । डाईमन्ड एकेडेमी गड्डाचौकी कञ्चनपुरले पुर्व विद्यार्थी एस राज भट्टलाई खादा माला सहित सम्मान गरेको छ । एस राज भट्ट डाईमन्ड एकेडेमी गड्डाचौकीका पुर्व उत्कृष्ट, अनुसासित,ईमान्दार विद्यार्थी हुन । २०७८ सालमा एस राजले डाईमन्ड एकेडेमी गड्डाचौकीबाट एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मा रहेको रेडियन्ट कलेजबाट विज्ञान विषय अन्तर्रगत माध्यमिक तह १२ कक्षा पास गरेका एस राजलाई बिहिबार खादा,माला सहित एकेडेमी परिवारले सम्मान गरेको हो ।जिल्लाको भीमदत्त नगरपालिका वडा न १० तिनतारा घर भएका एस राजले नेपाल सरकार चिकित्सा शिक्षा आयोगले लिएको एमबिबिएस को एकिकृत प्रवेश परिक्षामा १४४ औ स्थानमा पुर्ण छात्रावृत्तिमा नाम निकाल्न सफल भएका हुन।


एस राज एक होनाहार,मेहिनती,इमान्दार,लगनशील,अनुसासित पुर्व विद्यार्थी भएको र एम बि.बि.एस जस्तो गरिमामय पेशा अध्यन गर्ने पुर्ण छात्रावृत्तिमा नाम निकाल्न सफल भएको यो अविस्मरणीय क्षणको प्रसंसा गर्दै एस राजको आगामी चिकित्सा शिक्षाको अध्यन अझै सन्तोशजनक ढंगले अगाडि बढ्दै जाउँ भन्ने कामना सहित डाईमन्ड एकेडेमीले एस राजलाई खादा,माला सहित सम्मान गरेको डाईमन्ड एकेडेमीका संचालक तथा अध्यक्ष हिरा बहादुर चन्द (डाईमन्डले बताएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार