अध्यक्ष धामीको उपचारार्थ नेपाल पत्रकार महासंघ जापान शाखाको सहयोग संकलन अभियान जारी

Published by:

Published on:

महेन्द्रनगर कार्तिक २९ । नेपाल पत्रकार महासंघ शाखा कंचनपुरका अध्यक्ष सुरेश सिंह धामीको उपचारार्थ नेपाल पत्रकार महासंघ जापान शाखाले सहयोग संकलन अभियान संचालन गरेको छ ।

जटिल प्राणघातक क्यान्सर रोग देखिएर भारतको राजधानी नयाँ स्थित रोहिणीमा रहेको राजीवगान्धी क्यान्सर अस्पतालमा उपचाररत धामिको उपचारमा आर्थिक सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग संकलन अभियान संचालन गरिएको जापान शाखा सदस्य भवानी भट्टले बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ जापान शाखामा आवद्ध सदस्य पत्रकारहरु र अन्य ब्यक्तिहरुलाइ आर्थिक सहयोगको लागि आग्रह गरिएकोमा आर्थिक सहयोग संकलन भइरहेको उहाँले बताउनु भएको छ ।

कंचनपुर शाखा अध्यक्ष धामिको उपचारार्थ सहयोग संकलन अभियान नोभेम्बर १९ तारिख बुधवार सम्म अर्थात मंसिर ३ गते सम्म संचालन गरिने जापान शाखा अध्यक्ष शान्त पहरिले बताउनु भएको छ ।”सबैलाइ सक्दो आर्थिक सहयोग गरिदिन आग्रह गरेका छौँ,” उहाँले भन्नू भयो,”सहयोग संकलन हुनेक्रम जारी रहेको छ , संकलित रकम नोभेम्बर २० तारिकमा नेपाल पठाउन्छौ ।

“कंचनपुर शाखा अध्यक्ष धामीको उपचारमा सहयोग पुगोस भन्ने उदेश्यले नेपाल पत्रकार महासंघ जापान शाखाले जुन अभियान चलाएको छ, उक्त अभियान धेरै सराहनिय र प्रशंसनीय कार्य भएको नेपाल पत्रकार महासंघ कंचनपुर शाखाका पुर्व अध्यक्ष लक्ष्मण तिवारीले बताउनु भएको छ ।

सबैको थोरै सहयोगले कसैको जीवन र परिवारको भबिष्यब सुरक्षित हुन्छ भने सहयोग गर्न पछि नहटौ भन्ने उद्देश्यका साथ चालेको अभियान स्वागत योग्य रहेको उहाँको भनाइ छ ।नेपालमा कुनै समस्या पर्दा होस वा घटना दुर्घटना र बिरामी पर्दा होस ,प्रवासमा रहेका नेपालहरुले हरेक समयमा साथ दिदै आएको उहाँको भनाइ छ ।

नेपाल पत्रकार महासंघका देश बिदेशमा रहेका अन्य शाखाहरु लगायत सम्पुर्ण ब्यक्तित्वहरुलाइ सक्दो सहयोगको लागि उहाँले आग्रह समेत गर्नु भएको छ । शाखा अध्यक्ष धामी पहिलो चरणको काठमाण्डौ स्थित मेडिकल कलेजमा पाचन प्रकिया सम्बन्धी ट्यूमरको अप्रेसन पश्चात् दोश्रो चरणमा भारतको नयाँ दिल्ली स्थित राजिब गान्धि क्यान्सर अस्पतालमा प्राणघातक क्यान्सर रोगको उपचार गराइरहनु भएको छ ।

नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले अध्यक्ष धामीलाई क्यान्सर संक्रमण देखिएपछि लामो समय उपचार गराउनु पर्ने र परिवारले मात्रै उपचार खर्च धान्न नसक्ने भएपछी सहयोग संकलन अभियान संचालन गरेको छ । शाखा अध्यक्ष धामीको उपचारको लागि नेपाल पत्रकार महासंघ शाखा कंचनपुरले सक्दो आर्थिक सहयोग गरिदिन सबैलाइ अनुरोध समेत गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार