जब बुद्ध एयरको जहाजमा चरा ठोक्कियो …

Published by:

Published on:

काठमाडौं । उड्न लागेको बुद्ध एयरको विमानमा चरा ठोक्किएको छ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडान भर्ने क्रममा रनवे बाट जमिन छाड्ने क्रममा विमानमा चरा ठोक्किएको हो।

विहान करिब १० बज्न लागेको समयमा विमानमा चरा ठोक्किएको विमानस्थलकी सूचना अधिकारी जसोदा सुवेदीले जानकारी दिइन्। चरा ठोक्किएपछि सुरक्षा प्रोटोकल अनुसार विमान उडाउन नमिल्ने भएपछि पाइलटले तत्कालै विमानलाई पार्किङमा फर्काएको र विमानमा रहेका यात्रुहरुलाई कम्पनीको अर्को विमानमा राखेर काठमाडौं पठाइएको उनले बताइन्।

चरा ठोक्किएर विमानमा केही क्षती नपुगेको र यो सामान्य घटना रहेको भएपनि सुरक्षा प्रोटोकल अनुसार विमानको प्राविधिकले परिक्षण गरेपछि मात्र उडानका लागि अनुमति दिइने उनले बताइन्। पोखरामा चरा धेरै आइरहने भएकाले यो सामान्य घटना रहेको उनले बताइन्।

ताजा समाचार

सम्बन्धित समाचार