कञ्चनपुरमा नापी कर्मचारी कुटपिट प्रकरणः दुई पक्षविच मिलापत्र

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १३ मा कार्यालय कामको लागि गएका दुई जना कर्मचारी जय बहादुर साकी र गोबिन्द कुमार दास माथी आक्रोशीत स्थानीयले कुटपिट गरेको भिडियो निकै भाईरल बन्यो ।

त्यो घटना हो कार्तिक ३१ गते आईबारको । नापी कार्यालय कञ्चनपुरका दुई जना कर्मचारी जय बहादुर साकी र गोबिन्द कुमार दास जग्गा नाप जाँचको सिलसिलामा भीमदत्त नगरपालिका १३ गएका थिए ।जग्गा नापजाँचको क्रममा १३ न वडा पुगेका कर्मचारीमाथी आक्रमण भएको भिडियोमा देख्न सकिन्छ ।

नापी कार्यालयले कर्मचारी घटना लुकाउन खोजेपनी पछिल्लो समय भिडियो सामाजिक संजालमा निकै भाइरल बनेको छ । घटनापछी स्थानीय तथा सेवा ग्राहिको अभद्र ब्यावहारले रुष्ट भएका कर्मचारीले सोमबार कार्यालय समयमा कार्यालयको कामकाज दुई घण्टा ठप्प पारेका थिए ।

सोमबार पिडित कर्मचारीहरु जय बहादुर साकी र गोबिन्द कुमार दास ठाडो निबेदन बोकेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बताएका छन् ।मंगलबार पिडित कर्मचारी र स्थानीयहरु बिच लामो छलफल पछि दुबै पक्षबिच मिलापत्र एक –अर्कोलाई माफि दिने तथा आगामी दिनहरुमा यस्ता किसिमका गल्ती न दोहोरीने गरी सहमती भएको प्रवक्ता बोहराले जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार