बेलौरीमा ५ औँ कञ्चनपुर सम्मेलन सम्पन्न :  जिल्लाको दिगो विपद् व्यवस्थापनका लागि साझा प्रतिवद्धता

Published by:

Published on:

माधव पौडेल बेलौरी ५ मंसिर। कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा ५औँ कञ्चनपुर सम्मेलन भएको छ ।

बेलौरी नगरपालिकाको आयोजनामा सुरक्षित र दीगो विकासका लागि उत्थानशिल पालिका मञ्च सहितका जिल्लाका पालिका एव गैर सरकारी संघ संस्थाहरुको सहकार्यमा शुक्रबार जिल्ला सम्मेलन भएको हो ।

कार्यक्रमको सभापति बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरी, प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, विशिष्ट अतिथिमा जिल्ला जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहरा, गृह मन्त्रालय विपद् व्यवस्थापन महाशाखाका सह सचिव गोविन्द प्रसाद रिजाल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख इन्जिनियर दिनेश भट्ट लगायत कंचनपुर जिल्लाका स्थानिय तहका जनप्रतिनिधि लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरीले राख्नुभएको थियो।

सम्मेलन यसअघि भीमदत्त, दोस्रो पुनर्वास, तेस्रो दोधाराचाँदनी, चौथो लालझाडी गाँउपालिका भएको थियो।यस पटक जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा सम्मेलन गर्न सफल भएको बेलौरी नगरका मेयर पोतिलाल चौधरीले बताउनुभयो।मेयर चौधरीले जिल्लाका सबै पालिका, विपद् व्यवस्थापनका क्षेत्रमा कार्यरत सरकारी एव गैर सरकारी संघ संस्थाहरुको उपस्थितिमा सम्मेलन गरिएको बताउनुभयो।यस अघिका चारै सम्मेलनबाट अबलम्बन गरिएका विषयदेखि भावि दिनमा थप जिल्लालाई विपद् मुक्त गराउने विषयमा

स्थानीयदेखि विज्ञ सहित सरोकारवालाहरुविच छलफल भएको समेत बताउनुभयो।नगरपालिकाले कार्यक्रम पुर्व नै विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको र भावी दिनमा पनि गर्ने प्रतिबद्धता समेत जाहेर गर्नुभयो।कार्यक्रममा सरोकारवालाहरुले जिल्लाको दीगो विकासका लागि विपद् व्यवस्थापन गर्नुपर्ने त्यसका लागि पुर्व सुचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोडदिएका छन।कार्यक्रम बारे प्रकास पार्दै एनएनएसडब्लूएका कार्यकारी निर्देशक अशोक कुमार जैरुले स्थानीय सरकारसंग सहकार्य, समन्वय गरेर विपद् व्यवस्थापनदेखि विपद्बाट मानवियदेखि भौतिक धनजन सरक्षण गर्न सफल भएको बताउनुभयो। विपद् व्यवस्थापनका लागि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताउनुभयो।

ताजा समाचार

सम्बन्धित समाचार