जेन जी आन्दोलनमा सरकारी वकिल कार्यालयमा चौध लाख बराबरको क्षती,कारवाहीको लागि कञ्चनपुर प्रहरी दिइयो जाहेरी

Published by:

Published on:

महेन्द्रनगर मंसिर ७ । जिल्ला सरकारी वकिल कार्यालय महेन्द्रनगरले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कार्यालयमा भएको आगजनी र तोडफोडबारे छानबिन गरी कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दियो ।

न्यायाधिवक्ता फटिकराज मुडभरीका अनुसार आन्दोलनकारीले कार्यालयको भुइँतलामा आगजनी गर्दै कम्प्युटर, फर्निचर र सिसिटिभी लगायतका उपकरण तोडफोड गरेका थिए, जसबाट करिब १३ लाख ७० हजार रुपैयाँको क्षति भएको छ। महत्वपूर्ण फाइल वा मिसिलमा भने क्षति पुगेको छैन ।

मुडभरीका अनुसार आन्दोलनकारीले सुरुमा सिसिटिभी तोडफोड गरेका कारण उनीहरूको पहिचान तत्काल सम्भव नभएको भए पनि वरिपरिका सिसिटिभी फुटेजको सहायताले पहिचान गर्न सकिने छ। “तोडफोड गर्नेको छानबिन र आवश्यक कारबाहीको माग गर्दै जाहेरी दर्ता गरेका छौँ,” मुडभरीले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहोराले पनि सरकारी वकिल कार्यालयमा आगजनी र तोडफोडको विषयमा जाहेरी दर्ता भएको पुष्टि गर्दै, भदौ २४ गते साँझ कार्यालय बन्द अवस्थामा आगजनी भएको प्रारम्भिक तथ्यले देखाएको बताए । उनका अनुसार वरिपरिको सिसिटिभी फुटेजका आधारमा थप अनुसन्धान अघि बढाइनेछ ।

कञ्चनपुरका अन्य कार्यालय र निजी घरमा भएको तोडफोड तथा आगजनीसम्बन्धी उजुरीमा पनि छानबिन जारी रहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार