कञ्चनपुर कारागारमा अनैतिक क्रियाकलाप हुने गरेको तथ्य खुल्यो

Published by:

Published on:

महेन्द्रनगर पुष ५ । कञ्चनपुर कारागार भित्र अनैतिक क्रियाकलाप हुने गरेको तथ्य फेला परेको छ ।विभिन्न मुद्धामा कारागार भित्र कैदीजिवन बिताईरहेको कैदिबन्दी हरुले कारागार भित्र अनैतिक क्रियाकलाप हुने गरेको तथ्य फेला पारेपछी शनिबार मिडिया मार्फत सार्बजनिक गरेका हुन।

कञ्चनपुर कारागारमा शुक्रबार कैदी–कैदीबन्दी बिच झडप भएको थियो ।सो झडपमा परेर सह–नायीके र चौकीदार दलका गरी ८जना कैदीबन्दी घाईते भएका थिए । कारागार भित्र रहेका प्रमूख दाई नायीके,भाई नायीके,चौकीदार र कारागार प्रशासनका कर्मचारीको मिलोमतोमा नेपाल सरकारले कैदिबन्दीहरुका लागि भनि छुट्याएको नगदी तथा जिन्सी सामाग्रीमा घोटाला गर्ने गरेको आरोप लगाउदै कैदीबन्दी बिच बिवाद सिर्जना भएको कञ्चनपुर कारागारकी प्रमूख बन्दना सुवेदीले बताईन् । कैदिबन्दीहरुको झडपले शुक्रबार कञ्चनपुर कारागार तनाबग्रस्त रहेको थियो ।

घाइते मध्य ४ जना चौकीदारहरुको टाउकोमा गम्भीर चोट लागेको र अन्य ४ जना सामान्य घाईते भएको कारागार प्रशासनले जनाएको छ । त्यहि विवादलाई लिएर गारागारमा रहेको थप कैदिबन्दीहरुले नाईके भनाउदा हरुको हकर्त भन्दै कारागार भित्रै अनैतिक क्रियाकलाप हुने गरेको तथ्य सार्बजनिक गरेका हुन ।

कारागार भित्र रहेका थुपै कैदिबन्दीहरुले नाईकेमाथी गम्भीर आरोप लगाउदै सुरक्षाको हिसाबले निकै संवेदन सिल रहेको कारागारमा नाईकेकै मिलोमतोमा चरश,मदिरा,यौन उत्तेजना बढाउने औषधी,अस्थाई साधन लगाएत विभिन्न सामाग्री कारागार भित्र लैजाने गरेको बताए।आन्दोलीत कैदिबन्दीहरुले कारागारमा नाईके रहेर आर्थीक घोटाला गने कैदीबन्दीहरु ,कारागार प्रशासनका लेखा प्रमुख र कर्मचारीहरुलाई सरुवा गरेर नँया नेतृत्व ल्याउनुपर्ने पर्ने माग अघि सारेका छन्, ।

ताजा समाचार

सम्बन्धित समाचार