बेलौरी नगरपालिकाको १६ औं नगर सभा सम्पन्न

Published by:

Published on:

महेन्द्रनगर ९ पौष। कञ्चनपुरको बेलौरी नगरपालिकाको १६ औँ हिउँदे अधिवेशन बुधबार सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२र०८३ का लागि विनियोजित योजना तथा कार्यक्रमहरूको प्रगति, बजेट खर्च विवरण र कार्यान्वयन अवस्थामाथि गहन छलफल गरिएको थियो।अधिवेशनमा नगर प्रमुख पोति लाल चौधरीको सभाध्यक्षता भएको थियो ।

नगर अधिवेशनमा नगरसभा सदस्य, प्रमुख प्रशासकिय अधिकृत,विषयगत शाखाका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।हिउँदै अधिवेशनमा छूटपुट भएका योजनाहरु थप,रकम शिर्षकान्तर,पालिकाका सबै वडा, र बिषयगत शाखाको अर्ध वार्षिक प्रगति विवरण नगर उप प्रमुख जोगराम चौधरीले प्रस्तुत गर्नुभएको थियो।

नगरभित्र हालसम्म भएका विकास निर्माणका काम, चालु योजनाहरूको उपलब्धि,नगरको समग्र विकास अवस्थाको समीक्षा गर्दै बजेटको प्रभावकारी,पारदर्शी र परिणाममुखी कार्यान्वयनमा जोड दिइएको जानकारी दिनुभयो। अधिवेशनले विकासलाई अझ व्यवस्थित, उत्तरदायी र जनमुखी बनाउन महत्वपूर्ण निर्णय गरिएको समेत उप प्रमुख चौधरीले जानकारी दिनुभयो।

ताजा समाचार

सम्बन्धित समाचार