महेन्द्रनगर । समाजसेवाको ज्वलंत उदारण डाः अबुल हुसेन अन्सारीले राष्ट्रिय गायिका रिता रेग्मी उपाध्यायलाई उपचारको लागि आर्थिक सहयोग गरेका छन् ।
नेपाली संगित क्षेत्रकी गायिका उपाध्याय क्यान्सर तथा किड्नी फेल जस्तो गम्भीर रोग संग जुदिरहेकी छन् ।नेपाली कांगेसका नेता तथा सकृय समाज सेवि डाः.अबुलले गायिका उपाध्यायको उपचारको लागि रु २५ हजार १० रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन । डाः अन्सारीले भोजराज थापा मार्फत गायिका उपाध्यायलाई उक्त रकम पठाएको बताए । डाः अन्सारी पछिल्लो समय सामाजिक कार्यमा पनि निकै सकृय ब्याक्तित्व रुपमा चिर–परिचित मानिन्छ ।
देश कला,संस्कृती र संगीतलाई जिवनभर योगदान दिएकी एक वरिष्ठ गायिकाको उपचारमा देखाएको यो सहयोगले समाजमा सकारात्मक संन्देश प्रभाव गरेको छ ।यस्तो मानवीय कार्यले अरुलाई पनि प्रेणा दिने विश्वास लिएको छ । नेपाली कांग्रेसको राजनितिका सकृय अन्सारीले हमासको बन्धकबाट मारिएका कञ्चनपुरका विपिन जोशि परिवारको दुंखको घडिमा घाँउमा मलम लगाउने काम गरेका थिए। अन्सारी विपिन जोशिको घर कञ्चनपुर समेत पुगेर अन्तीम दाहसंकारमा समेत सरिक भएका थिए ।
