महेन्द्रनगर पुष ११ । कञ्चनपुरको पर्वत होटलबाट प्रहरीले ७ जना जुवाडे पक्राउ गरेको छ ।जिल्लाको भीमदत्त नगरपालिका १८ महेन्द्रनगर गल्ली नम्बर ५ २मा रहेको पर्र्वत होटलबाट प्रहरीले नगद सहित ७ जना जुवाडे पक्रा गरेको जनाएको छ ।
प्रहरीले गोप्य सूचनाको आधारमा शुक्रबार छापा मारेको थियो। छापा मार्ने क्रममा पर्वत होटलको माथिल्लो तलामा जुवातास खेलिरहेका ७ जना जुवाडे सहित नगद २२ हजार एक सय दश रुपैया नगद बरामद समेत गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले बताए । तर कञ्चनपुर प्रहरीले होटल संचालक र पक्राउ परेका जुवाडेहरुको नाम भने सार्बजनिक गरेको छैन ।
