सुदूरको भाषा, सस्कृति प्रर्बद्धन गर्न खप्तड घाम छैन, होईन भिनाजु देउडा गित बजारमा

Published by:

Published on:

महेन्द्रनगर पुष १४ । सुदुरपश्चिमको भाषा, संस्कृति प्रर्बद्धन गर्नका लागि यहाँका स्रष्टाहरुले लोक देउडा गीतसंगित बजारमा ल्याएका छन । लोक डेउडा गायकद्वय गणेश बहादुर सिहले खप्तड घाम छैन र लक्ष्मण अधिकारीले होईन भिनाजु देउडा गीत बजारमा ल्याएका हुन । दुवै गितको लय पर्दा पछाडीका स्रष्टा राजेन्द्र शाह९विपी० र मोडल अभिनयमा लाल बहादुर धामी अछामी बड्डो ले गरेका छन ।

‘होईन भिनाजुमा’ अधिकारीको शब्द, अभिनय, रेखा जोशीको लय रहेको छ । देउडा मोडल उर्मिला कुँवर, छायाङकन अमृत उपाध्याय, श्रृङगारतर्फ मेनुका साउद रहेकी छिन । यस अघि देउडा मोडल कुँवरले रातभरी टिकटक चलाउने, बिहान् उठिनाई, रेलगाडी लेट भयो, लेकठुलो तेलेको, देउरा गीतसंगितमा अभियन गरिसकेकी थिईन । अधिकारीले ११ पुषमा गित युटुबल च्यानल मार्फत सार्वजनिक गरको छन ।

सुदूरका लोक देउडा गायक लक्ष्मण अधिकारीले मौलिक कला, लोक संस्कृति, भाषाको सरक्षण प्रर्बद्धनका लागि उक्त देउडा गित बजारमा ल्याएको बताए । अधिकारीले यस अघि पनि थुप्रै लोक संगित बजारमा ल्याएका थिए । युवा लोक देउडा गायक गणेश सिहले यस अघि रसिलो मसिनोपछि ‘खप्तड घाम छैन’ बोलको देउडा गीत बजारमा ल्याएका हुन ।

‘खप्तड घाम छैन’ गीतको छायाङ्कन सुदूरपश्चिमको डडेलधुरा जिल्लास्थित भित्री मधेश मलास क्षेत्रमा गरिएको थियो । सुदूरपश्चिमकै सुन्दर र सांस्कृतिक गीतमा सिंह सहित र देवी घर्तीको स्वर रहेको छ। गीतको निर्देशन भीम थापाले गरेका छन् भने छायांकन अमृत उपाध्यायले गरेका हुन । यो गीतमा हिमाल भुल, भीम बिष्ट, सुरेश भट्ट र अनिल चन्दको पनि अभिनय रहेको छ।

पहिलो गीत ‘रसिलो मसिलो’ बाट पाएको दर्शकको मायाले सिंहलाई थप ऊर्जा दिएको बताए । लोक देउडा युवा गायक गणेश सिहले सुदूरको मौलिक संस्कृति झल्किने गरेर गीतसंगित बजारमा ल्याएको बताए । दुवै गित अरेन्जमा बिनोद बाजुरेली मालाश्री स्टुडियो रहेको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कञ्चनपुरकी अध्यक्ष सरस्वती जिसी सरु ले लोक देउडा दिग्गज कलाकार अधिकारी र नवयुवा गायक सिहले ल्याएका देउडा गीतले सुदूरको लोक संस्कृति सरक्षणमा टेवा पु¥याएको बताईन । सिह र अधिकारीले युटुब च्यानलबाट गीत अवलोकनका लागि आम देउडा पारखी दशकमा आग्रह गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार