महेन्द्रनगर पुष १८ । कञ्चनपुर उद्योग वाणिज्य संघको १८औँ कार्यकारिणी समिति चयनका लागि हुने निर्वाचनमा युवा तथा स्थापित व्यवसायी हेमराज भट्ट सदस्य पदका उम्मेदवार बनेका छन् । जिल्लाको व्यावसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय भट्ट ‘न्यू श्री सहस्त्रलिङ्ग खाद्य स्टोर तथा सप्लायर्स’ का सञ्चालक हुन् । व्यवसायिक अनुभवका कारण स्थानीय व्यापारीहरूले भोग्दै आएका समस्या र चुनौतीबारे उनी जानकार मानिन्छन् ।
भट्ट व्यवसायसँगै सामाजिक सेवामा पनि संलग्न रहँदै आएका छन् । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुँदै उनले समाजप्रतिको उत्तरदायित्वलाई समेत निरन्तरता दिँदै आएका छन् ।
उम्मेदवारीबारे प्रतिक्रिया दिँदै भट्टले व्यवसायीको साझा समस्या समाधान गर्ने र उद्योग वाणिज्य संघलाई अझ प्रभावकारी तथा व्यवसायीमैत्री बनाउने उद्देश्यले सदस्य पदमा उम्मेदवारी दिएको बताए ।
जिल्लाका व्यवसायीहरूमाझ राम्रो छवि बनाएका भट्टको उम्मेदवारीलाई आगामी निर्वाचनमा महत्वपूर्ण रूपमा हेरिएको छ । उनी व्यवसायिक एकता र उद्योगी–व्यापारीका हितका विषयलाई मुख्य एजेण्डा बनाएर प्रचारप्रसारमा जुटिरहेका छन् ।
