भीनपा १३ का वडा अध्यक्ष बोहराले दिए खेलाडी पोशाक

Published by:

Published on:

महेन्द्रनगर पुष १७। भीमदत्त नगरपालिका १३ स्थित सिद्धनाथ माध्यमिक विद्यालय बडैपुरका खेलाडीलाई वडा अध्यक्ष राम बहादुर बोहराले खेलाडी पोशाक सहयोग गरेका छन् ।

भीमदत्त नगरपालिका स्तरीय १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा दोस्रो आधारभूत विद्यालय स्तरीय खेलकुद प्रतियोगितामा सहभागी ३५ खेलाडी विद्यार्थीका लागि पोशाक सहयोग गरिएको छ ।

वडा अध्यक्ष बोहरा सहित वडा सदस्यहरु बालादेवी नाथ,हरिश साउद र फुल परीले विद्यालयमा आएर विद्यालयका खेल शिक्षक विरेन्द्र कुमार थापालाई ड्रेस हस्तान्तरण गरे ।

कार्यक्रममा वडा अध्यक्ष बोहराले खेलाडीलाई अनुशासन पालना गरी आफ्नो प्रतिभा प्रदर्शन गर्न सुझाव दिदै कुनै बेला पनि विद्यालयको हितका लागि आफ्नो टिम पछाडि नहट्ने प्रतिबद्वता व्यक्त गरे ।

उनले विद्यालयको युवा नेतृत्वको प्रसंशा गर्दै समूह कार्य मार्फत विद्यालय सुधारका आगामी कार्यक्रममा हातेमालो रहने बताए ।

विद्यालयका प्र्रधानाध्यापक जनक बहादुर चन्दले विद्यालयको आन्तरिक कोष नभएको बेला वडा कार्यालयमार्फत खेलाडीm विद्यार्थीहरुको पोशाक उपलब्ध गराएपछि प्रतियोगितामा भाग लिन सहज भएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टले ड्रेस सहयोगका लागि वडा अध्यक्ष सहित सबै वडा समितिलाई धन्यवाद दिए ।

ताजा समाचार

सम्बन्धित समाचार