सुरेन्द्र धानुक÷बिरेन्द्र बाग
कञ्चनपुर । कञ्चनपुरका आरक्षपीडितलाई जिल्लाको स्थानीय सरकारले म्याट र झुल वितरण गरेको छ । कृष्णपुर नगरपालिकाले महेन्द्रनगरमा बस्दै आएका आरक्षपीडितलाई म्याट र झुल वितरण गरेको हो ।
आरक्षपीडितले बस्न समस्या भएपछि म्याट र लामखुट्टेबाट बाँच्नका लागि झुल वितरण गरिएको जनाएको छ । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष जय बहादुर रोकायाले शिबिरमा बस्ने क्रममा समस्या आएपछि सबै स्थानीय सरकारसग माग गरेपनि कृष्णपुरले दिएको बताए ।
‘हामीलाई यहाँ शिबिरमा बस्न समस्या भएको छ, बिछ्याउने समेत समस्या भएपछि आधारभूत आवश्यकताका लागि सबैतिर माग गरे तर कसैले दिएनन, ‘उनले भने, ‘कृष्णपुरका मेयर हेमराज ओझा ज्यूले दिनुभयो ।’
आरक्ष्पीडितका अगुवा सिरोमणी कुमार ओझा(सुर्य)ले पीडितको मर्का बुझेर कृष्णपुर नगरपालिकाबाट मानविय सुरक्षाका लागि सहयोग पाईएको बताए ।
कृष्णपुर नगरका मेयर हेमराज ओझाले आरक्षपीडितले पहिल्यैदेखि बिछ्याृने म्याट र झुल माग गरेर अनुरुप पहिल्यै खरिद गरेको भएपछि आज हस्तान्तरण गरिएको बताए ।
कृष्णपुर नगरपालिका सरकारबाट बस्नका लागि म्याट र लामखुट्टेबाट बाँच्न झुल पाएपछि हर्षित भएका छन । पीडितले कृष्णपुर पालिकाबाट पीडितलाई मानविय सेवा प्रदान गरिएको बताएका हुन । गत कार्तिकदेखि पीडित डिभिजन वन कार्यालय कञ्चनपुर अगाडी टहरा बनाएर बसेका छन ।
