कञ्चनपुर २ बाट स्वतन्त्र उम्मेदवार हरिस भट्ट भन्छन् ः आफ्ना लागि भोट होईन मेरो कुरा सुन्नुहोस भन्दै

Published by:

Published on:

महेन्द्रनगर माघ १६ । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्यका लागि कञ्चनपुर क्षेत्र २बाट १५ दल सहित ४ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन । १८ उम्मेदवार आफुलाई जिताउन मत मागिरहेका छन, तर १ उम्मेदवार हरिस बहादुर भट्ट आफ्ना लागि भोट मागिरहेका छैनन् ।

विगतमा चुनाव बिरोधमा रहेका भट्ट सासदका लागि आफुलाई भोट नदिनुहोस तर, मेरो कुरा सुन्नुहोस भन्दै चुनावी मैदानमा होमिएका छन । विगतमा चुनाव बिरोध शसक्त अभियानमा हिड्ने तीनै भट्ट अहिले चुनावी मैदानमा होमिएका हुन ।

०७०देखि ०७९सम्म भएका सबै निर्वाचनमा भट्ट आबद्ध दल जहिलेपनि चुनावको बिरोधमा राजनैतिक गतिबिधी गर्दै आएको थियो । तर, अहिले तिनै भट्टले आफु चुुनाव बिरोधी मात्रै होईन कुनैपनि दलमा नभएको दावि गर्दै स्वतन्त्र उम्मेदवारी दिएर सुशासन, देशको रक्षाका लागि जनतामाझ पुगिरहेको बताईरहेका छन ।

३५ बर्षिया युवा उम्मेदवार जेनजी आन्दोलनका अगुवा पनि हुन । उनले वर्तमान चुनावले पनि देशलाई निकास दिन नसक्ने ठोकुवा गर्दै आएका छन । कैची चुनाव चिन्ह पाएका भट्टले आफुलाई मतदान नगर्न खुलेयाम घोषणा गर्दै देशको निकासका लागि आफ्ना धारणा सुनिदिन आग्रह गर्दै हिडेका हुन ।

‘देश अहिले विदेशको क्रिडा स्थल बनिसक्यो, हामीले चुनावको बिरोध गर्ने शैली परिर्वतन गरेका हौँ, ‘उनले भने, ‘यो चुनाव मैले जितेपछि केही गर्न सक्ने होईन, फेरी जनताको अवस्था उस्तै हुन्छ ।’ अहिलेकै संसदीय व्यवस्थाले देशको निकास निकाल्न नसक्ने ठोकुवा गरेका छन । ‘सुशासन र भ्रष्टाचार मुक्तका लागि थालिएको जेनजी आन्दोलन विदेशीले हाईज्याक गरिदियो, ‘उनले भने, ‘अब हुने चुनावले पनि केही पुरानै र केही नयाँ दल, तिनका अनुहार आउने फेरीपनि जनताले केही नपाउने अवस्था हाम्रै सामु आईसकेको छ ।’

पुरानै व्यवस्था, संस्कृति, संस्कारले फेरीपनि संसद दशैँका लागि खसीबोका खरिद गरेजस्तै हुने दावि गर्दैै उनले यसबाट मुक्तका लागि जनता सचेत हुनुपर्ने बताए । ‘म मेरो लागि मत माग्दै हिडेको छैन, म जनतामा एक्लै भएपनि चेतनाको विगुल फुल्दै हिडेको छु, ‘उनले भने, ‘यो व्यवस्थाले केही मुठ्ठीभर मान्छेका लागि मालामाल मात्रै भईरहेको छ, जसलाई मन प¥यो, उसैलाई मत दिनुहोस तर पछि नपछुताउनुहोला ।’ आफु अहिले कुनैपनि दलमा आबद्ध नभएको दावि गर्दै नविनतम युवाले खोजेको चाहेको विषय स्वतन्त्र रुपमा उठान गर्दै जनताको घरदैलो पुगिरहेको बताए । उनले आफुलाई जेनजी युवा पुस्ता अभियानकर्मीले समेत साथ दिएको बताए । अभियानकर्मीले कञ्चनपुरको झलारीमा वर्तमान अवस्था निम्तिनु लज्जाबोध भएको भन्दै १० पटक उठबस गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार