महाकाली आयुर्वेदिक औषधालयका डा. सूर्य उपाध्यायमाथि श्रीमतीलाई जागिर लगाएको आरोप, सार्वजनिक आलोचना बढ्दै

Published by:

Published on:

महेन्द्रनगर माघ १८ । महाकाली आयुर्वेदिक औषधालयका प्रमूख सुर्य उपाध्यायमाथि गम्भीर आरोप लागेको छ । पद तथा पहुचको दुरुपयोग गरि श्रीमतीलाई जागिर लगाएको भन्दै महाकाली आयुर्वेदिक औषधालयका प्रमूख सुर्य उपाध्यायमाथि गम्भीर आरोप लागेकोे हो ।

आरोप अनुसार डा.उपाध्यायले प्रक्रिया मापदण्ड पालना नगरी ब्याक्तिगत सम्बन्धको आधारमा श्रीमतीलाई जागिर लगाएको भनिएकाृ छ । यस घटनाले सरकारी कार्यालयमा हुने संभावित नाताबाद तथा पक्षपातको विषयलाई पुनः चर्चामा ल्याएको छ ।महाकाली आयुर्वेदिक औषधालयले मिति २०८२÷९÷२० गते प्रमुख सुर्य उपाध्याय संयोजक रहने गरी महाकाली आयुर्वेदिक औषधालयले आयुर्वेदिक चिकित्सक एवं करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी व्यावस्थापन सम्बन्धी कार्यविधि अनुसार महाकाली आयुर्वेदिक औषधालयमा रिक्त दरबन्दी करार सेवामा कर्मचारी भर्ना सम्बन्धी पौष २२ गते एक सूचना प्रकाशित गरेको थियो ।

जसमा महिला तथा पुरुष गरी ३२ जनाले आवेदन दिएका थिए । र जसमध्य ५ जना महिला आयुर्वेदिक औषधी विषयगत अध्यन गरेको विद्यार्थी रहेको महाकाली आयुर्वेदिक औषधालय कञ्चनपुरका पमुख सुर्य उपाध्यायले बताए ।उपाध्यायका अनुसार ल्याब असिस्टेन चौथो १ जना र अभ्याङकर्ता श्रेणि विहिन एक महिला र एक पुरुष गरी करार पदपुर्तीमा ३ जना आवश्यक कर्मचारी नियुक्त गरेको प्रमुखले बताए ।

तर डाक्टर सुर्य उपाध्यायले आफु विरुद्ध लगाईएको आरोप असत्य र कपोकल्पीत भ्रम भएको दाबी गरेका छन् । उनले भने डाक्र म आफै संयोजक र महाकाली प्रादेशिक अस्पताल,स्वास्थ्य कार्यालय कञ्चनपुर,तथा जिल्ला प्रशासन कार्याल कञ्चनपुर सहित तिन सदस्यीय छनौट तथा सिफारीस समिति गठन भई समितिले लिएको मौखिक परिक्षामा संगिता मिश्र अरु भन्दा योग्य र अनुभवी देखिएपछी मिश्रलाई नियुक्त गरेको प्रमुख सुर्य उपाध्यायको भनाई रहेको छ ।

ल्याव असिस्टेन पदकोलागि लिखित मौखिक दुबै र अभ्याङकर्ता श्रेणि विहिन पदको लागि मौखिक परिक्षा र अनुभव,योग्यताको आधारमा कर्मचारीको अन्तिम नतिजा सार्बजनीक गरेको कार्यालय प्रमुख उपाध्यायको भनाई रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार