भन्सारका कर्मचारीले पत्रकार ओलीमाथि कार्यालयमै आक्रमण

Published by:

Published on:

महेन्दगर माघ २५ । भ्रष्टाचार बाट मुक्त हुन नसकेको कञ्चनपुर भन्सार कार्यालयका एकजिम्मेबार अधिकृतले एक पत्रकारमाथि दुव्र्यवहार होईन हातपात समेत गरेका छन ।

आइतबार भन्सार चोरी तस्करी सम्बन्धी समाचार संकलनका लागि भन्सार कार्यालय गड्डाचौकी पुगेका पत्रकार भुपेन्द्र ओलीमाथि भन्सार अधिकृत चक्रदेव भट्टले हातपात गरेका हुन । दोधाराचाँदनी खबरका पत्रकार ओलीले निमित्त भन्सार प्रमुख भट्टसंग प्रशन सोध्ने वित्तिकै नेपाली नागरिकले भारतीय गाडी चलाउन पाउँछन, तपाईलाई ईन्टरभ्यु दिन्न भन्दै हातपात गरेका हुन् । अग्रेजी भाषामै गो फ्रम हियर भन्दै धकेलिदिए ।

भन्सार अधिकृत भट्टले पत्रकार ओलिको कठालो समातेर धकेन्दै हातखुट्टा भाँचिदिन्छु भन्दै धम्की दिएका छन । काम छैन, यो चोर पत्रकारको, दादागिरी गर्छ भन्दै क्यामेरा तोडिदिन धम्की दिदै, हातपात गरेर गुण्डाशैलीमा मान्छे बोलाउ भन्दै जिम्मेबारीबाट पन्छीए पत्रकार भुपेन्द्र ओलीले आफुमाथि सरकारी भन्सार कार्यालय जस्तो देशकै सम्वेदनशिल कार्यालयमा ज्यानै लिने गरेर भएको कुटपिट भएको बताए ।

घुसको अड्डाकै रुपमा परिचित भन्सार कार्यालयमा पत्रकारले सोधेको प्रशनमा जवाफ दिनुको साटो उल्टै कुटपिटमा उत्रिएपछि भन्सारका बहुबली कर्मचारी पत्रकार कुटन मात्रै आएका हुन की भन्सार राजस्व संकलन गर्ने विषयमा प्रशन उठेको छ । पत्रकार ओलीमाथि भएको भन्सार कार्यालयमा कुटपिटको कञ्चनपुरका पत्रकारदेखि विभिन्न संघ संगठनहरुले बिरोध गरेका छन ।

काँग्रेस निकट पत्रकार प्रेस यूनियनका सचिव देवेन्द्र खडकाले प्रेस विज्ञप्ती जारी गर्दैै पत्रकार कुटपिटमा संलग्न निमित्त भन्सार अधिकृत चक्रदेव भट्टमाथि कानुनी कार्बाहीको माग अघि सारेको छ । यस बारेमा भन्सार अधिकृत भट्टसंग ९८५८८७१२२०मा सम्र्पक गर्न खोज्दा सम्र्पक हुन सकेन ।

कञ्चनपुरमा खुलेयाम भन्सारबाटै सेटिङ्ग भएर भन्सार राजस्व छलीमा स्वयम कर्मचारी संलग्न भएको विगत अख्तियारले कर्मचारी रंगेहात पक्राउदेखि लक्ष्य अुनरुप भन्सार राजस्व संकलन हुन नसेको भन्सारबाटै गएको समान पछि शसस्त्र प्रहरी, नेपाल प्रहरीले बरामद गर्दै आएको घटनाले समेत भन्सारका कर्मचारी आफुले घुस खान नपाएकोदेखि भ्रष्टाचार गर्न नपाएको झोकमा पत्रकारमाथि खनिएको नागरिक समाजको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार