एमालेका सल्लाहकार सदस्य धामीसहित दुई जना कांग्रेस प्रवेश

Published by:

Published on:

महेन्द्रनगर फागुन ५ । नेकपा एमाले जिल्ला सल्लाहकार सदस्य वीरेन्द्र धामीसहित दुई जनाले एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मंगलबार चुरे गाउँपालिका(६, गजारमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा धामीसहित कमलेशसिंह महराले पार्टी प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरखबहादुर बिष्ट “आनन्द” ले टीका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। नेकपा एमालेमा रहँदा आफूहरु सधै अपहेलित भएको र नेताहरुले चुनावमा मात्र प्रयोग गर्ने गरेकाले एमाले त्यागेर कांग्रेसको समाजवाद नीति अवलम्बन गरेको उनीहरुले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार