एनपी साउद चौथो पटक सासद यात्राका लागि कञ्चनपुर २बाट चुनावी मैदानमा

Published by:

Published on:

सन्तोष भट्ट । २१ फागुन ०८२मा हुन लागेको प्रतिनिधी सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कञ्चनपुर २मा पुर्वमन्त्री एनपी साउद चौथो पटक सासदका लागि चुनावी मैदानमा होमिएका छन । हालसम्म ६ चुनाव लडेका एनपी ०५६, ०७० र ०७९मा निर्वाचित र ०५१, ०६४, ०७४मा पराजित भएका थिए । अब सातौँ पटक चुनावी मैदान रोजेका एनपी घरदैलोमा दौडिएका छन । सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलमाथि आक्रमण गरेको खबर अन्तराष्ट्रिय चर्चाको विषय बन्यो ।

दक्षिणी इजरायलको किबुत्ज अलुमिम सहरमा भएको आक्रमणमा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत अध्ययनका लागि गएका १० नेपाली विद्यार्थीहरू हताहत र केही घाइते भएको पुष्टि परराष्ट्र मन्त्रालयले ग¥यो । इजरायलमाथि हमासले आक्रमण गरिरहँदा विभिन्न कामका सिलसिलामा त्यहाँ पुगेका नेपालीको जिउ–ज्यानको सुरक्षा गर्नु नेपाल सरकारको कर्तव्य थियो । आक्रमणमा घाइते भएका नेपालीको उद्दार र उपचारको व्यवस्था गर्नु र मृतकको शव स्वदेश ल्याउनु सरकारको जिम्मेवारी थियो ।

तत्कालीन समयमा परराष्ट्रमन्त्री थिए– एनपी साउद । प्रचण्ड नेतृरुत्वको मन्त्रिपरिषद् बैठकले इजरायलमा भएको आक्रमण घाइते भएका र स्वदेश फर्किन चाहने नेपाली नागरिकको उद्दारका लागि पहल गर्ने निर्णय ग¥यो । आक्रमणको चौथो दिन नेपाल वायु सेवा निगमको विमान चार्टर्ड गरेर तत्कालीन परराष्ट्रमन्त्री साउद इजरायलतर्फ प्रस्थान गरे । इजरायलमा हवाई हमला र रकेट आक्रमण जारी रहेकै बेला उनी ज्यान जोखिममा राखेर २०२३ अक्टोबर १२ को बिहान इजरायल पुगे । उनकै प्रत्यक्ष समन्वयमा २५४ जना नेपालीहरूलाई विमानमा चढाएर स्वदेश फर्काइयो । नेपाली नागरिक बोकेर आएको विमान सोही दिन राति नेपाल आइपुग्यो ।

मन्त्री साउद विमानमै नेपाली नागरिकहरू सँगै फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीडितहरूलाई स्वागत गरे ।सामान्यतया मुलुक बाहिर चलाइने उद्दार अभियानहरू दूतावास वा टोलीमार्फत् हुने गर्दछन् । तर, साउदले इजरायलमा जारी हवाई र रकेट आक्रमणका बीच आफैं गएर उच्चस्तरीय कूटनीतिक दबाब दिए । जसका कारण इजरायल सरकारलाई नेपालको गम्भीरतालाई बुझायो र सहयोग बढायो । नेता साउद आफैं अघि सरेर तत्काल उद्दार कार्यमा खटेपछि आक्रमणको ५–६ दिनमै ठूलो संख्यामा नेपाली फर्काइयो, जसले थप जोखिमबाट जोगायो । साउदलाई ‘नागरिकमुखी मन्त्री’ संज्ञा दिइयो ।

जसको तत्कालीन प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रशंसा गरे । नेपाली नागरिकको उद्दारमा देखाएको सक्रियताका लागि उनले साउदलाई समेत धन्यवाद दिए ।परराष्ट्रमन्त्री हुँदा विभिन्न कूटनीतिक भ्रमण गरेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको सम्बन्ध सुमधुर बनाएका उनै साउद आगामी प्रतिनिधिसभा निर्वाचनमा कञ्चनपुर–२ मा नेपाली कांग्रेसका तर्फबाट चुनावी मैदानमा होमिएका हुन । ०७९ को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएर उनी परराष्ट्रमन्त्री बनेका थिए ।

उक्त निर्वाचनअघि पनि नेता साउद यही क्षेत्रबाट २०७० सालमा पनि संविधानसभा सदस्यमा विजयी भएका थिए । त्यसअघि उनी २०५६ मा पनि सांसद बनेका थिए । ०७९ को निर्वाचन अगाडिदेखि नै नेता साउदको छवि विकासवादी नेताका रूपमा बनिसकेको थियो । उनले ०७० को निर्वाचन जितिसकेपछि कञ्चनपुर–२ मा पर्ने वेदकोट नगरपालिकामा ५ वटा, शुक्लाफाँटा नगरपालिकामा ४ वटा र कृष्णपुर नगरपालिकामा ६ वटा पक्की पुलमात्रै निर्माण गरेका थिए ।

एनपी साउद सचिवालयका अनुसार क्षेत्र १मा एनपीकै पहलमा निर्माण भएका यी हुन् निर्माण गरिएका पक्की पुलहरू ः वेदकोटको पथरिया खोला पुल, चौधर खोला पुल, हुलाकी राजमार्ग अन्र्तरगत दैजी–बेलडाँडीबीचको बलमा नदी पुल , वेदकोट– चौधर नदीमा भम्का–बगुन जोड्ने पुल ,बेदकोटको साजगाड खोला पुल शुक्लाफाँटाको अनोखी खोला पुल, शुक्लाफाँटा–४ को सुनवरा नदी पुल, शुक्लाफाँटा ११ कलुवापुर–बन्साहा जोड्ने पुल , शुक्लाफाँटा–७ टोटी नालामा शान्तिपुर–कालापानी जोड्ने पुल, कृष्णपुर–९ राजघाट–धनगढी (कैलाली) जोड्ने पुल , कृष्णपुर–९ घलघले खोला पुल , कृष्णपुर–८ बिचवा र वडा नम्बर पिपरिया जोड्ने पुल, कृष्णपुर–७ कलुवापुर र सिमलकोट जोड्ने पुल कृष्णपुर–७ कार्की कटान–अत्तरिया (कैलाली) जोड्ने मोहना पुल , कृष्णपुर–६ मौरीफाटादेखि बलुवाफाँटा बन्जिरिया जोड्ने खसिहा खोला पुल ०७० मा निर्वाचन जितेपछि साउदलाई कांग्रेसले सिँचाइ मन्त्रालयको जिम्मा दिएर सरकारमा पठाएका थियो ।

उनले आफ्नो कार्यकालमा सिँचाइ मन्त्रालयमार्फत् कञ्चनपुर–२ मा विभिन्न सिँचाइ परियोजनाहरू लाई पूर्णता दिएका थिए । साउदको पहलमा सम्पन्न कालापानी सिँचाइ परियोजनाबाट सुडा, स्टेशनपुर, पिताम्बर, सिसैया–कसरौल र बञ्जिरियाका किसानहरू लाभान्वित भइरहेका छन् । यस्तै मोहना सिँचाइ परियोजनाबाट कृष्णपुरसहित २१ सय हेक्टर खोतीयोग्य जमिनमा सिँचाइ भइरहेको छ । नेता साउदको पहलमा सम्पन्न अर्को परियोजना हो– धारापानी सिँचाइ परियोजना । यो परियोजनाबाट कृष्णपुरको दोमिल्ला, श्रीपुर, सुन्दरी फाँटा, पहरिया र निगालीका किसान लाभान्वित भइरहेका छन् । सिँचाइमन्त्री रहेका बेला साउदले महाकाली सिँचाइको तेस्रो चरणको काम पनि सुरूवात गरेका थिए ।

जसअन्तर्गत शुक्लाफाँटा नगरपालिकाको झलारीसम्म मुल नहर विस्तारको काम सम्पन्न भइसकेको छ । साउदको पहलमा कृष्णपुर नगरपालिका ४, ५, ६, ७, ८ र ९ मा पर्ने मोहना नदीमा गुरूयोजना बनाएर तटबन्ध निर्माणको काम अघि बढाइएको थियो । मालुबेलाको मछेली नदीमा आठ करोडको तटबन्ध निर्माण भएको थियो । दयापुर शिविर संरक्षण गर्न गुरूयोजना अन्तर्गत १६ करोड रुपैयाँ विनियोजन गरेर मोहना नदीमै तटबन्ध गरिएको थियो ।

यस्तै कृष्णपुर नगरपालिका भएर बग्ने मछेली (दोदा), खारखोला, बण्ड नदीसँगै शुक्लाफाँटा नगरपालिकामा स्याली, सुनवरालगायतका नदी र खोलाले गर्ने कटान रोक्न तटबन्ध पनि साउदकै पहलमा भएका छन् । साउदले आफ्नो निर्वाचन क्षेत्रमा नागरिकलाई स्वच्छ खानेपानी पु¥याउनेदेखि सडक पूर्वाधारका क्षेत्रमा पनि काम गरेका छन् । ०७९ सालमा कञ्चनपुर–२ निर्वाचित भएर परराष्ट्रमन्त्रीको जिम्मेवारी पाउनु अघि उनी दुईपटक गरी तीन वर्ष मन्त्री बनिसकेका थिए ।

साउदले ०५६ मा शिक्षा राज्यमन्त्री र ०७० मा सिँचाइमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । यसविचमा कञ्चनपुरको विकासमा थुप्रै कामकाज गरिएको दावि गरिएको छ । फेरी क्षेत्र २बाट कसले बाजी मार्ला भन्ने जिज्ञासा चलिरहेको छ । पुर्वमन्त्री एनपी साउदलाई चौथो पटक सासद बन्न ब्रेक पहिलो पटक सांसदका लागि चुनावी मैदान टेकेका एमालेका बचन बहादुर सिह, नेकपाका माधव पन्त र रास्वपाका दिपक बोहरा भारी भएका छन । ३० वडा रहेको क्षेत्र २मा १तेस्रंो लिङ्ग सहित ५३ हजार ४४५पुरुष, ५६ हजार, १२८ पुरुष गरेर १लाख, ९ हजार ५७४मतदाता रहेका छन । ४२मतदान स्थलमा १२३मतदान केन्द्र रहेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार