महेन्द्रनगर फागुन १३ । आसन्न २१ फागुनको प्रतिनिधि सभा निर्वाचन नजिकदै गर्दा समेत भारतमा रोजगारी गरिरहेका हजारौँ नेपाली स्वदेश फर्केका छैनन् ।
निर्वाचन आउन एक हप्ता बाँकी रहँदा समेत कञ्चनपुरको गड्डाचौकी नाकाबाट सामान्य फाटफुट बाहेक भारतमा रहेका नेपाली घर फर्किरहेका छैनन्। पछिल्लो समय सुदुरपश्चिमका विभिन्न जिल्लाका आममानिसहरु लालाबाला सहित रोजगारीको लागि छिमेकी देश भारत हानिएका छन् ।
नेपालमै बसेर गाँस बासको जोहो टार्न मुस्कील हुन थालेपछी पहाँडमा रहेका पुर्खाको नासो खेतबारी समेत बाँझो छाडेर लालाबाला सहित नेपालीहरु छिमेकी देश धारतरत सहित सात ममुद्र पारी विदेश छिरेका छन् । सरकारले सुरक्षाको कारण देखाउदै आसन्न फागु २१ गते हुने प्रतिनिधि सभा निर्वाचको लागि यँही फागुन १८ गते राति बाह्र बजे देखि २१ गते राती बाह्र बजे सम्मको लागि भारतसंग जोडिएका सीमानाका बन्द गरेको छ ।
बुधबार रिपोर्टिकका लागि कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी पुग्दा नाका सुनसान देखिएको छ । सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको भनाई अनुसार दैनिक जसो एक सय लगभगको हाराहारीमा मात्र परदेशीएका नेपाली नेपाल फर्कीने गरेको उनिहरुको भनाई रहेको छ ।सुरक्षाकर्मीले भने चुनाबको लागि भनेर यो नाकाबाट भित्रिने क्रम न्युन छ ।
गत भदौमा भएको जेनजीआन्दोलनपछि देशको राजनीतिक परिवेश बदलिएको भन्दै यसपटकको चुनावले पहाडका गाउँबस्ती मात्र होईन शहरका गाउँबस्तीमा समेत सन्नाटा छाएको देख्न सकिन्छ । बर्षो देखि विभिन्न दलको भोटबैकको रुपमा प्रयोगहुँदै आईरहेका नेपाली जनतामा विरत्तपन छाएको देख्न सकिन्छ । जनता भन्छन सबै दलहरुलाई मत दियो कसैले गरिब,निमुखा,जनताको पिडा बुझेनन्, अब देश छोडेर पनि विदेशमा गएरपनि घरपरिवार पाल्नु छ देशमा बसेर रोजगारी छैन।
मुम्बईमा होटलमा कुकको काम गर्दै आएका कञ्नपुरको भीमदत्त नगरपालिका ९ का प्रकाश विकले भने घर बसेर के गर्नुृृ देशमा रोजगार छैन,चुनावले के दिन्छ ? भारतमा काम गरे त दुई छाक खान पुग्ला,।त्यस्तै चुनावकै मुखमै भारत जानलागेका कैलालीका रमेश थारुले आफुलाई नेपालमै बसेर मतदान गर्ने रहर हुँदा पनि रोजगारीको लागि भारत जान बाध्य धएको पिडा सुनाए ।
सुदूरपश्चिम प्रदेशमा गरिबी र बेरोजगारीको दर अन्य प्रदेशभन्दा उच्च छ। तथ्यांकअनुसार प्रदेशमा गरिबी दर ३४ं.१२ प्रतिशत रहेको छ भने राष्ट्रिय औसत २०.२७ प्रतिशत छ। यद्यपि, भारतमा रोजगारी गरिरहेका नेपालीको यकिन तथ्यांक सरकारसँग उपलब्ध छैन।
हरेक चुनावमा गरिबी न्यूनीकरण र रोजगारी सिर्जना गर्ने प्रतिबद्धता दोहोरिँदै आए पनि बाध्यता भने कायमै छ। पटकपटकको निर्वाचनले परिवर्तन ल्याउनेआसाकासाथ मताधिकार प्रयोग गर्दैेआईरहेका नेपालीहरुमा यसपटक निकै बैराग्ता देखिएको छ ।
