बीना मगर जिताउन प्रलोपाका शाही, मितेरी पाटीका राना नेकपामा समाहित

Published by:

Published on:

नरेश राना

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १मा आफ्नो पाटी र उम्मेदवारी तिलान्जली दिदै दुई उम्मेदवार नेपाली कम्युनिष्ट पाटी(नेकपा)मा प्रवेस गरेका छन । प्रगतिशिल लोकतान्त्रिक पाटी(प्रलोपा)का उम्मेदवार देपेन्द्र बहादुर शाही र मितेरी पाटी नेपालका उम्मेदवार सियाराम राना नेकपा प्रवेस गरेका हुन ।

बुधबार एकै दिन उम्मेदवारद्वय राना र शाहीले पाटी र उम्मेदवारी तिलान्जली दिदै बीना मगर जिताउने अभियानमा समाहित भएका छन । नेकपा केन्द्रीय सदस्य जिवनराज थापाले क्षेत्रबाट नेकपा नेतृ एव पुर्वमन्त्री समेत भईसकेकी बीना मगर जिताउनका लागि आफ्नो पाटी र उम्मेदवारी परित्याग गर्दै नेकपामा समाहित भएको बताए ।

नेता थापाका अनुसार समाहित भएकै दिनदेखि शाही र राना सहितका नेता कार्यकर्ताहरु नेकपा जिताउने अभियानमा होमिएका छन । प्रगतिशिल लोकतान्त्रिक पाटी(प्रलोपा)का उम्मेदवार देपेन्द्र बहादुर शाही, उक्त पाटी जिल्ला प्रमुख अमर सिह विष्ट सहितका ५४ नेता कार्यकर्ता नेकपामा प्रवेस गरेका हुन । १० फागुन तीन दिन अघि मात्रै बेलौरीमा पत्रकार सम्मेलन गरेर चुनावी घोषणा पत्र सार्वजनिक गरेका उम्मेदवार शाहीले नेकपा प्रवेस गरेका छन ।

उम्मेदवार शाही र जिल्ला प्रमुख विष्ट प्रलोपाका केन्द्रीय सदस्य पनि हुन । बुधबार एक कार्यक्तमका विच उनीहरु सहित ५१जना नेकपा उम्मेदवार बीना मगर जिताउनका लागि समाहित भएको बताएका छन । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्ट, नेकपा एकता प्रकृयामा नआएका पुर्व नेकपा माओवादी केन्द्रका नेता बाबुराम भट्टराई नेतृत्वको प्रलोपा क्षेत्र १का उम्मेदवार, जिल्ला प्रमुख सहितका सिङ्गो क्षेत्रकै नेता कार्यकर्ताहरुले आफुतिर मत किन खेर हाल्ने भन्दै नेकपा नेतृ बीना मगर जिताउन समाहित भएको बताएका छन ।

तत्तकालिन प्रलोपा केन्द्रीय सदस्य तथा कञ्चनपुर प्रमुख अमर सिह विष्टले वर्तमान राजनैतिक परिवेसमा देशको रक्षाका लागि नेकपाको विकल्प नभएकाले सबै बामपन्थीहरु एकजुट गराउनका लागि नेकपामा समाहित भएको बताए । नेकपा केन्द्रीय सदस्य जिवन थापाले चुनावको मिति नजिकिदै गएपछि नेकपा उम्मेदवार बीना मगरसंगै चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार सहितका स्थानीयदेखि केन्द्रीय नेताहरु नेकपामा समाहित भएको बताए ।

नेकपामा समाहित भएका नेता कार्यकर्ताहरुलाई नेकपा क्षेत्र १की उम्मेदवार बीना मगर, नेकपा नेताहरु देवीलाल चौधरी, भक्त बहादुर अधिकारी, मिनराज बडू, हरिराम चौधरी, जिवनराज थापा, धोखे राना, लक्ष्मण कुमाल, टेक ब. विक, बिरमान थापा सहितका नेताहरुले स्वागत गरेका छन । नेकपा समाहित भएका प्रलोपा उम्मेदवार देपेन्द्र बहादुर शाही सहितका नेता कार्यकर्ताहरुले महिला नेतृ बीना जिताउने अभियानमा खटिने प्रतिबद्धता जाहेर गरेका छन ।

यस्तै सोही दिन बुधबारै मितेरी पाटीका उम्मेदवार सियाराम राना पनि नेकपा प्रवेस गरेका हुन । क्षेत्र १ मितेरी पाटी नेपालका उम्मेदवार सियाराम राना नेपाल कम्युनिष्ट पाटी(नेकपा)मा प्रवेस गरेका छन । २७ बर्षिया जेनजी उम्मेदवार रानाले बुधबार नेकपा प्रवेस गरेका हुन । नेकपा केन्द्रीय सदस्य जिवनराज थापाले मितेरी पाटीका उम्मेदवार राना सहितका दर्जनौँ नेता कार्यकर्ताहरु नेकपामा प्रवेस गरेको बताए । लालझाडी गाँउपालिका ३का स्थानीय समेत रहेका रानाले क्षेत्रको बृद्धि विकासका लागि आफुबाट केही नहुने नेकपा उम्मेदवार बीना मगरबाट थुप्रै कामकाज हुने भएकाले मितेरी पाटी परित्याग गर्दै नेकपामा प्रवेस गरेको बताए ।

परिर्वतनका लागि उम्मेदवारी दिएका जेनजी उम्मेदवार रानाले क्षेत्र १मा नेकपा नेतृ बीना मगरको विकल्प नभएकाले नेकपा प्रवेस गरेको बताए । मितेरी पाटीका तर्फबाट उम्मेदवार भएका राना सहितका नेता कार्यकर्ताहरुलाई नेकपा उम्मेदवार बीना मगर सहितका नेताहरुले स्वागत गर्दै चुनावी अभियानमा खटिन आब्हान गरेका छन । बुधबारै मात्रै प्रगतिशिल लोकतान्त्रिक पाटीका उम्मेदवार देपेन्द्र बहादुर शाही सहितका ५१ नेता कार्यकर्ता प्रवेस गरेकै दिन मितेरीका उम्मेदवार समेत नेकपा प्रवेस गरेसंगै बीना मगर थप बलियी हुँदै गएकी छिन ।

आफ्नो उम्मेदवारी समेत तिलान्जली दिदै चुनावी मैदान छाडेर नेकपा उम्मेदवार बीना मगर जिताउने अभियानमा जुटेका उम्मेदवारद्वय देपेन्द्र बहादुर शाही र सियाराम रानाले युद्धस्तरमा महिला नेतृ बीना मगर जिताउने सकल्प गरेकी छिन । बीना मगरको क्षेत्रमा अभाव भएकाले अब क्षेत्रको दीगो विकासदेखिका समस्या समाधानका लागि फरक दलका उम्मेदवारदेखि विभिन्न दलका नेता कार्यकर्ताहरु नेकपा प्रवेस गरिरहेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार