राप्रपा कंचनपुरका पुर्व सचिव शिशिर थापा पक्राउ

Published by:

Published on:

रा
महेन्द्रनगर फागुन १४ भीमदत्त १८ को वडा अध्यक्ष लडेका थापा शिशिर थापालाई आज९बिहीबार० महेन्द्रनगरबाट पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र वडा प्रहरी कार्यालयको टोलीले थापालाई पक्राउ गरेको हो । थापालाई पक्राउपछि वडा प्रहरी कार्यालय लगिएको छ । अहिले उनी वडा प्रहरीको हिरासतमा छन् ।

थापामाथि चार महिना अघि परेको अपराधिक उपद्रव मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

थापा विरुद्ध मंसिर ४ गते अपराधिक उपद्रव मुद्दाको जाहेरी दर्ता गरिएको थियो । जिल्ला अददालतबाट पक्राउ पूर्जी जारी भएपछि प्रहरीले थापालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता शाहीले अदालतको पूर्जी अनुसार पक्राउ गरी थापामाथि अनुसन्धान थालिएको बताए ।

थापाले भदौ २३ र २४ गतेको जेन जी आन्दोलनपछि पार्टी छाडेका थिए । उनले पार्टीको पद र सदस्यताबाट राजीनामा दिएका थिए । उनी राप्रपा कञ्चनपुरका सचिव थिए ।

थापा २०७९ को स्थानीय तह निर्वाचनमा भीमदत्त नगरपालिका १८ को वडा अध्यक्षमा चुनाव लडेका थिए । थापाले वडा अध्यक्षमा अनपेक्षित मत ल्याएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार