कञ्चनपुर जिल्लाको शान्ति सुरक्षा चुस्त,दुरुस्त र मजबुत छ ढुक्कले मताधिकारको प्रयोग गरौँ ः प्रमुख जिल्ला अधिकारी कोइराला

Published by:

Published on:

ऐश्वर्या कुवँर महेन्द्रनगर फागुन १७ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले कञ्चनपुर जिल्लाको शान्ति सुरक्षा चुस्त दुरुस्त मजबुत रहेको बताएका छन् ।

आसन्न यहि फागुन २१ गते सम्मपन्न हुनगइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दे कोइरालाले जिल्लाको शान्ति सुरक्षा चुस्त दुरुस्त मजबुत रहेको बताए हुन । देशको अवस्था,ब्यावस्था र भ्रष्टचार अन्त्यको लागि भाद्र २३,२४ गते जेनजी पुस्ताले देशब्यापी रुपमा निकै ठुलो आन्दोलन गरेका थिए ।

जुन आन्दोलनमा परेर थुपै्र जेनजी युवाहरु लगाएत सुरक्षाकर्मीले समेत अकालमै ज्यान गुमाउनु परेको थियो ।देशमा स्थायी सरकार स्थापनाकोलागि फागुन २१ गते प्रतिनिधिसभा सदस्यको लागि पुनः निर्वाचन हुँदै छ ।प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले संचारकर्मीसंग कुरा गर्दै कञ्चनपुरका मतदाताहरुलाई कुनै डर त्रास विना आ–आफ्नो क्षेत्रमा निर्धक्क भई मताधिकारको प्रयोग गर्ने जानहुन अनुरोध गरेका हुन ।

उनले भने,“जिल्लाको शान्ति सुरक्षा कडा पारेका छा,ै मतदाताहरु निर्धक्क भएर मताधिकारको प्रयोग गर्नुहोस्,”आसन्न प्रतिनिधिसभा सदस्यको लागि कञ्चनपुर जिल्लमा ३ सय ६० वटा मतदान केन्द्र १ सय ३२ वटा मतदान स्थल रहेको र जसमध्य ६६ वटा अति संवेदनशील,४० वटा संवेदनशील र २६ मतदान स्थल सामान्य रहेका छन् ।

मतदान स्थलमा पहिलो घेरामा नेपाल प्रहरी तथा निर्वाचन प्रहरी,दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घरामा नेपालि सेनाले सुरक्षा दिने प्रमुख जिल्ला अधिकारी कोइरालाको भनाई रहेको छ ।कञ्चनपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि ३ वटा क्षेत्र तोकिएका छन् । जिल्लामा चार पार्टि नेपाली कांग्रेस,नेकपा एमाले,रास्वपा,र नपाली कम्युनिष्ट विच निकै प्रतिसप्रधा हुन सक्ने विश्लेषक तथा राजनितिज्ञहरुले आकलन गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार