कञ्चनपुर–२ मा रास्वपाका बोहरा भारी मतान्तरसहित विजयी

Published by:

Published on:


महेन्द्रनगर फागुन २३ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का दीपकराज बोहरा ३३ हजार ९५२ मतसहित विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण प्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी एमाले का बचन बहादुर सिंह ६ हजार ४१८ मतसहित तेस्रो स्थानमा रहेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका माधव प्रसाद पन्त ६ हजार ३३७ मतसहित चौथो स्थानमा रहेका छन्।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका तिर्थराज चटौतले १ हजार ९९३ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीकी प्रेमवती रानाले ५६० मत प्राप्त गरेकी छन्। प्रगतिशील लोकतान्त्रिक पार्टीका धर्मानन्द जोशीले १९५ मत, राष्ट्रिय जनमोर्चाका रामबहादुर कार्कीले १४५ मत, नेपाल कम्युनिष्ट पार्टी माओवादी का लोकेन्द्र बहादुर विकले १४३ मत र जनमत पार्टीका रामचन्द्र भट्टले १२५ मत प्राप्त गरेका छन्।यसैगरी उज्यालो नेपाल पार्टीका योगेन्द्र साउदले ९३ मत, स्वतन्त्र उम्मेदवार बिरेन्द्र रानाले ८१ मत, नेपाल मजदुर किसान पार्टीका सीताराम रानाले ७२ मत, स्वतन्त्र उम्मेदवार हरिसबहादुर भट्टले ४४ मत, आम जनता पार्टीका जग्गु चौधरीले ३७ मत, संयुक्त नागरिक पार्टीका खडक ताम्राकारले ३२ मत, स्वतन्त्र उम्मेदवार भानुभक्त बोहराले २६ मत, स्वतन्त्र उम्मेदवार सिद्धराज जोशीले १९ मत र मितेरी पार्टी नेपालका तेजबहादुर वडवालले १८ मत प्राप्त गरेका छन्।
कुल १ लाख ९ हजार ५७४ मतदाता रहेको यस क्षेत्रमा ६४ हजार ८८१ मत खसेको थियो। जसमा ३६ हजार ३८६ महिला र २८ हजार ४९५ पुरुष मतदाता सहभागी भएका थिए। यहाँ ५९।२१ प्रतिशत मतदान भएको थियो।
निर्वाचित भएपछि सांसद बोहराले सामाजिक सञ्जालमार्फत कञ्चनपुर–२ का मतदाताप्रति आभार व्यक्त गरेका छन्। उनले मतदाताले दिएको विश्वासलाई सम्मान गर्दै क्षेत्रका समस्या समाधान, सुशासन स्थापना र विकासका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार