महेन्द्रनगर फागुन २६ । सुदूरपश्चिम प्रदेश सरकारका एक वन अधिकृत सरकारकै लागि घाँडो बनिरहेका छन । बरिष्ठ वन अधिकृत कृष्ण भटट पछिल्ला दिनहरुमा कामकाज भन्दा पनि सरकारका मन्त्रीदेखि मुख्यमन्त्रीसम्मै आरोप लगाउन उद्यत भएका छन ।
विगतमा वन निर्देशकको जिम्मेबारीमा रहदा सुप प्रदेशका सबै डिभिजन वन कार्यालयबाट रकम नआएको भिडियो सार्वजनिक भयो, त्यसपछि तत्तकालिन वनमन्त्रीलाई तल्लो स्तरको गालीलजैचमा उत्रिए, अनि प्रदेश सरकारले सरुवा गरेको स्थानमा गएर काम भन्दा प्रदेश सरकार बिरुद्धमै अदालत गए, हारे, अहिले आएका मुख्यमन्त्री कमल बहादुर शाहलाई वनका कर्मचारीबाट घुस मागेको आरोप लगाएका छन ।
बन अधिकृत भटट्ले मुख्यमन्त्री शाह बिरुद्ध समाजिक सञ्जालदेखि घुस खाएको आरोप लगाउन उत्रिए, मुख्यमन्त्री सहितका निकट व्यक्तिबाट दवाव गएपछि स्वयम स्टाटस हटाएका थिए ।
मुख्यमन्त्री कमल बहादुर शाहले यस्ता कर्मचारीमाथि छानबिन गरेर कार्बाही गरिने चेतावनी दिएका छन ।
काँग्रेस निकट कर्मचारी हुँदा काँग्रेसकै मुख्यमन्त्री कमल बहादुर शाहले सरक्षण गरेर मात्तिएको समेत आरोप लागिरहेको छ । मुख्यमन्त्री शाहले आफुमाथि लगाएको आरोप प्रमाणित गरे पदबाट राजिनामा दिने घोषणा गरेका छन । भ्रष्टदेखि विवादित कर्मचारीका कारण संघीयताको तिव्रतामा प्रभाव परिरहेको छ । यसरी पटक पटक आर्थिक,नैतिक पतन भएका कर्मचारीलाई प्रदेश सरकारले ज्वाँई जस्तै पालेर राखेको भन्दै प्रदेश सरकारको आलोचना भईरहेको छ । यसरी घुसकाण्डमा विवादमा परेका वनका हाकिमबारे अख्तियारले समेत चासो नदिएपछि उनी थप घुस खान,दिनलिन, आरोप लगाउन उत्तेजित भएका छन ।
