दोधारा चाँदनीमा सौतेनी आमाको बिभत्स हत्या गर्ने श्रेष्ठ फरार

Published by:

Published on:

महेन्द्रनगर चैत्र ३ । कञ्चनपुरमा एक युवकले आफ्नै कान्छी आमा र बहिनी माथि खुकुरी प्रहार गरेका छन् ।

मंगलबार दोधारा चाँदनी नगरपालिका–४ स्थित सुर्खेती टोलका हरिप्रसाद श्रेष्ठले आफ्नै कान्छी आमा र बहिनी माथि खुकुरी प्रहार गरेका हुन् । वर्ष अन्ताजी ५० का हरि प्रसाद श्रेष्ठले आफ्नो सौतेनी आमा अन्ताजी ७५ कि बिन्द्रा श्रेष्ठलाई हत्या गरि फरार भएका छन् ।

हरि प्रसाद श्रेष्ठले धारियो हतियारले निर्घातरुपमा बारम्बार प्रहार गरि कान्छी आमा बिन्द्राको बिभत्स हत्या गरेको र बहिनी वर्ष अन्ताजी ५४ कि भगवती देबी माँझी गम्भीर घाईते बनाएको स्थानियबासीले बताएका छन् । घाईते माँझीलाई दोधारा चाँदनी नगर अस्पताल पछि थप उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर उपचार लगिएको छ् ।

भगवती देबी माँझीको अवस्था गम्भिर रहेको दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनुभएको छ् । हत्या गरेर फरार भएको भनिएका हरि प्रसाद श्रेष्ठको खोजी कार्य तिब्र बनाएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक कृष्ण सोनीले जानकारी दिनुभएको छ् । घरायसी विवादका कारण घटना भएको प्रहरीको प्रारम्भीक आंकलन छ् ।

ताजा समाचार

सम्बन्धित समाचार