कञ्चनपुरमा सौतेनी आमा हत्याप प्रकरणः मुख्य आरोपित श्रेष्ठ प्रकाउ

Published by:

Published on:

महेन्द्रनगर चैत्र ४ । हत्याका मुख्य आरोपित हरिप्रशाद श्रेष्ठले सौतेनी आमा ७५ बर्षीय बिन्द्रा श्रेष्ठको धारिलो हतियार प्रहार गरि हत्या पछी फरार रहेका थिए । श्रेष्ठले अंंशबन्डाका कारण सौतेनी आमा माथि धारिलो हतियार प्रहार गरि निर्मता पुर्वक हत्या र दिदिलाई गम्भीर घाईते तुल्याएका थिए ।

विभत्स हत्या घटना घटाएपछि उनि भारतीय मोटरसाइकलमा फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले श्रेष्ठलाई भारतको बरेलीबाट पक्राउ गरेकाृे जनाएको छ।श्रेष्ठको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली र भारतीय सुरक्षाकर्मीको सहयोग र समन्वयमा उनलाई बुधबार पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता हेम बहादुर शाहिले बताए ।

मंगलबार साँझ ८ बजे दोधाराचाँदनी नगरपालिका ४ सुर्खेती टोलका ४९ वर्षीय हरि प्रशाद श्रेष्ठले आफ्नै सौतेनी आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका थिए भने ५० वर्षीया दिदि भगवती माझीलाई गम्भीर घाईते बनाएका थिए ।

उक्त घटनामा गम्भीर घाइते भएकी भगवतीदेवी माझीलाई प्रारम्भिक उपचारपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएको थियो । तर स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज थप उपचारका लागि भारतको भोजिपुरा लगिएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीका अनुसार पुरानो जग्गा जमिन सम्बन्धी विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार